

रौतहटमा ट्याक्टर–मोटरसाइकल ठक्कर, वृद्धको मृत्यु
रौतहट । गढीमाई नगरपालिका–२ समनपुर बजारमा ट्याक्टरले मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ।
बिहीबार दिउँसो गरुडा–समनपुर सडकखण्डमा समनपुरबाट हजरियातर्फ जाँदै गरेको ट्याक्टरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गढीमाई नगरपालिका–४ सुन्दरपुरका ६० वर्षीय रामानन्द महरा गम्भीर घाइते भएका थिए। उनलाई प्रारम्भिक उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पतालमा लगिएपछि थप उपचारका लागि वीरगन्ज रिफर गरिएको थियो।
तर, वीरगन्ज लैजाने क्रममा दिउँसो करिब १:४५ बजे उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमले जानकारी दिए। शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।
घटनापछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक उज्ज्वल क्षेत्रीको नेतृत्वमा १५ सदस्यीय टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले ट्याक्टर चालक गरुडा नगरपालिका–५ का ३९ वर्षीय रामकिशुन यादवलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



