

भारतीय अवरोधपछि झापाका चिया उद्योग बन्द, ६० हजार श्रमिक प्रभावित
झापा । भारतले नेपाली चिया निर्यातमा अघोषित अवरोध खडा गरेपछि झापाका चिया उद्योगीले आजदेखि अनिश्चितकालका लागि उद्योग तथा चिया बगान बन्द गरेका छन्। निर्यात ठप्प हुँदा उद्योग गम्भीर सङ्कटमा परेको भन्दै उद्योगीहरूले आन्दोलनस्वरूप उत्पादन बन्द गर्ने निर्णय कार्यान्वयनमा ल्याएका हुन्।
नेपाल चिया उत्पादक संघ, झापाले बुधबार पत्रकार सम्मेलन गर्दै चिया निर्यातमा देखिएको समस्याको समाधान नभएसम्म उद्योग र बगान सञ्चालन गर्न नसकिने जनाएको थियो। सोही निर्णयअनुसार आजदेखि झापाका ३० भन्दा बढी चिया उद्योग तथा करिब दुई दर्जन चिया बगान पूर्ण रूपमा बन्द भएका छन्।
यसअघि असार १ गतेदेखि इलामका ५६ चिया उद्योग बन्द भइसकेका छन्। इलाम र झापामा उत्पादित ठूलो परिमाणको चिया गोदाममै थन्किएको तथा सरकारले प्रभावकारी कूटनीतिक पहल नगरेको भन्दै उद्योगीहरूले बाध्य भएर उद्योग बन्द गर्नुपरेको बताएका छन्।
उद्योगीहरूका अनुसार भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर (एसओपी)’ का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेको हो। निर्यातमा आएको अवरोधले चिया उद्योगको सम्पूर्ण आपूर्ति श्रृंखलामै असर परेको छ।
उद्योग बन्द भएसँगै करिब ६० हजार श्रमिक तथा कर्मचारी प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। यसले चिया क्षेत्रमा आश्रित हजारौं परिवारको रोजगारी र जीविकोपार्जनमा समेत गम्भीर असर पर्ने देखिएको छ।
नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ बराबर रहेको छ। त्यसमध्ये करिब ५ अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुने गरेको उद्योगीहरूको भनाइ छ। चिया क्षेत्रबाट सरकारलाई वार्षिक करिब १ अर्ब रुपैयाँ राजस्व समेत प्राप्त हुँदै आएको छ।
उद्योगीहरूले भारतमा देखिएको अवरोधका कारण अब बंगलादेश, पाकिस्तान लगायत तेस्रो मुलुकमा निर्यातका वैकल्पिक बजार खोज्नुपर्ने अवस्था आएको बताएका छन्। त्यसका लागि आवश्यक कूटनीतिक पहल तथा सहजीकरण गरिदिन सरकारसँग आग्रह गरिएको छ।
यता, प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै ले चिया निर्यातमा देखिएको समस्या समाधानका लागि सरकारले कूटनीतिक माध्यमबाट पहल गरिरहेको बताएकी थिइन्। उनले चिया, अलैंची लगायत स्वदेशी कृषि उपजको उचित भण्डारण तथा प्रभावकारी बजारीकरणका लागि विशेष योजना अघि बढाइएको जानकारी पनि दिएकी थिइन्।
चिया निर्यात संकट समाधानमा तत्काल पहल नभए नेपालको प्रमुख नगदे बालीमध्ये एक चिया उद्योग अझ गहिरो आर्थिक संकटमा फस्ने चिन्ता उद्योगीहरूले व्यक्त गरेका छन्।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१२ घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



