

जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
काठमाडौं । ललितपुरको जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको प्रसिद्ध भोटो जात्रा हुँदैछ। राष्ट्र प्रमुखको उपस्थितिमा गुठी संस्थानका पदाधिकारीले भोटो प्रदर्शन गरेपछि जात्रा औपचारिक रूपमा सम्पन्न हुनेछ।
नेपालकै सबैभन्दा लामो सांस्कृतिक तथा धार्मिक पर्वमध्ये एक मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने कार्यक्रम दिउँसो ४ बजेपछि हुने तयारी छ। यस अवसरमा सर्वसाधारण तथा विशिष्ट अतिथिहरूलाई भोटो प्रदर्शन गरिनेछ।
वैशाख शुक्ल प्रतिपदाबाट सुरु भएको रथयात्रामा रातो मच्छिन्द्रनाथलाई ३२ हात अग्लो रथमा राखी पुल्चोक, मङ्गलबजार, सुन्धारा, लगनखेल हुँदै जावलाखेल पुर्याइएको थियो। रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा रहेको छ।
भोटो जात्रा सकिएपछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मिननाथलाई रथमै राखेर पाटनको टंगलस्थित मन्दिरमा लगिनेछ।
यस वर्ष जावलाखेलस्थित सदर चिडियाखाना भने बर्डफ्लु संक्रमणका कारण अनिश्चितकालका लागि बन्द रहेकाले जात्रामा आउनेहरूले भोजका लागि खेलमैदान प्रयोग गर्ने व्यवस्था गरिएको छ।
समाज
थप सामाग्री-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
-
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
-
आईजीपी दानबहादुर कार्कीको नेतृत्वमा पुनर्जागृत बन्यो बानेश्वर प्रहरी वृत्त, योगदानकर्तालाई प्रशंसापत्रद्वारा सम्मान
बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द
१ दिन अगाडि
1.8kViews 440 Shares Share on Facebook Share on Twitter काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको…



