

तल्लो तहका प्रहरीलाई १६ वर्षमै पेन्सनको प्रस्ताव, गृह मन्त्रालयमा पुग्यो आईजीपी कार्कीको योजना
काठमाडौं । नेपाल प्रहरीका तल्लो तहका कर्मचारीको सेवासुविधा र भविष्यको सुरक्षासँग जोडिएको १६ वर्षे पेन्सन प्रस्ताव गृह मन्त्रालयमा पुगेको छ।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आफ्नो ६ महिने कार्यसम्पादन प्रतिवेदनको प्राथमिकतामा राख्दै प्रहरी जवानदेखि वरिष्ठ हवल्दारसम्मका कर्मचारीले १६ वर्ष सेवा अवधि पूरा गरेपछि पेन्सन पाउने व्यवस्था गर्न प्रस्ताव अघि बढाएका हुन्।
प्रस्तावअनुसार प्रहरी सहायक निरीक्षक (असई) देखि प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) सम्मका कर्मचारीका लागि भने १८ वर्ष सेवा अवधि पूरा गरेपछि पेन्सन सुविधा उपलब्ध गराउने व्यवस्था राखिएको बताइएको छ।
फिल्डमा प्रत्यक्ष खटिने तल्लो तहका प्रहरी कर्मचारीको मनोबल बढाउने, सेवापछि आर्थिक सुरक्षा सुनिश्चित गर्ने तथा लामो समयदेखिको माग सम्बोधन गर्ने उद्देश्यले प्रस्ताव अघि सारिएको हो।
प्रस्तावप्रति सरकार सकारात्मक देखिएको भन्दै प्रहरी वृत्तमा यसले नयाँ आशा जगाएको छ। प्रस्ताव कार्यान्वयन भएमा लामो समयदेखि सेवामा रहेका तल्लो तहका प्रहरी कर्मचारी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१४ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



