

जवरजस्ती करणीको आरोपमा सुशील केसी पक्राउ
ललितपुर ।ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर १ ईमाडोलमा गत चैत २२ गते आफू जबर्जस्ती करणीमा परेको भन्दै गत आइतबार जिल्ला प्रहरी परिसर ललितपुरमा एक महिलाले जाहेरी दिएकी छिन।जाहेरीमा पिडित महिलाले आफु ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नम्बर १३ झरुवारासी ,आरुबोट बस्ने बताएकी छिन।
स्थायी घर सर्लाही भई बारा जिल्लाको सिमारामा होटल व्यावसाय गर्दै आएका केसीले नाताले आफ्नै दिदी पर्ने एक महिलालाई गत चैत २२ गते बेलुकी अन्दाजी नौ बजेर ३० मिनेटमा अत्याधिक मदिरा सेवन गर्दै जबर्जस्ती करणी गरेको पिडित महिलाको गुनासो छ।जाहेरीमा उल्लेख भए अनुसार पिडक केसीले पिडित महिलालाई पनि जबर्जस्ती मदिरा पिलाएको पनि उल्लेख छ।
पिडित महिलाका अनुसार उनका पतिको २०८२ साल बैशाख महिनामा मृत्यु भएको थियो।उनका अनुसार पतिको मृत्यु भएको वर्षदिनको काम नसक्दै नाताले आफ्नै भाइ पर्ने प्रकाश केसी भन्ने शुसिल केशीले जबर्जस्ती करणी गरेका हुन ।जाहेरीमा उल्लेख भए अनुसार पिडक सुशील केसीले जबर्जस्ती करणी पछि बाहिर हल्लागरे तलमाथि हुनसक्ने भन्दै बारम्बार मानसिक तनाब दिएपछि हाल उनी मानसिक समस्यामा पर्दै औषधि समेत सेवन गरेकी छिन।
सोर्तका अनुसार पिडित महिलाको जाहेरी पर्नासाथ ललितपुर प्रहरी र बारा प्रहरीको समन्वयमा बारा प्रहरीले पिडक केसीलाई सिमराबाट गत बुधबार पक्राउ गरि प्लेन मार्फत काठमाडौं ल्याई ललितपुर प्रहरीलाई जिम्मा लगाएको थियो।
हाल अनुसन्धानमा रहेको पिडित महिलाको नाम जाउलाखेल चालिस दिइएको छ भने मुद्दा नम्बर १०४२ रहेको बुझिएको छ।यता पिडित महिला भने आफु एकातिर समाजले हेर्ने दृस्टीकोण र अर्को तिर जबर्जस्ती करणीको सिकार बनेकाले मानसिक रुपमा कमजोर अबस्थामा पुगेको बताएकी छिन।त्यस्तै जबर्जस्ती करणी जस्तो जघन्य अपराध कर्मलाई मेलमिलापमा मिलाउन नेकपा एमाले विराटनगर र सर्लाहीका पहुँचवाला नेतानै प्रहरी परिसर ललितपुर धाइरहेका पिडित महिला (जाउलाखेल चालिस)को आरोप छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
११ घण्टा अगाडि
2.2kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



