

रास्वपाको पहिलो महाधिवेशन भोलिदेखि, १५८ सदस्यीय केन्द्रीय समिति र १९ पदाधिकारीको नयाँ संरचना
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आइतबारदेखि औपचारिक रूपमा सुरु हुँदैछ। तीन दिनसम्म चल्ने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै भावी संगठनात्मक संरचना तय गर्नेछ।
महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार चितवनमा बसेको केन्द्रीय समिति बैठकले पार्टीको संशोधित विधान पारित गरेको छ। संशोधित विधानमार्फत पदाधिकारी संख्या, सचिवालयको संरचना तथा केन्द्रीय समितिको आकारमा महत्वपूर्ण परिवर्तन गरिएको छ।
पार्टी नेता गणेश पराजुलीका अनुसार अब रास्वपामा १९ सदस्यीय पदाधिकारी संरचना रहनेछ। नयाँ व्यवस्थाअनुसार एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (कम्तीमा एक महिला), दुई महामन्त्री, पाँच सहमहामन्त्री (कम्तीमा एक महिला), एक कोषाध्यक्ष, दुई सहकोषाध्यक्ष, एक प्रवक्ता र तीन सहप्रवक्ताको व्यवस्था गरिएको छ।
विधानअनुसार प्रवक्ता स्वतः सचिवालय सदस्य रहनेछन् भने अन्य पदाधिकारीहरू पनि सचिवालयमा समावेश हुनेछन्। सचिवालयका बाँकी सदस्यहरू भने सभापतिले मनोनीत गर्ने व्यवस्था राखिएको छ।
त्यसैगरी, पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय हुने भएको छ। तीमध्ये ९९ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ५१ जना सभापतिले मनोनीत गर्नेछन्। सातै प्रदेशका प्रदेश सभापतिहरू स्वतः पदेन केन्द्रीय सदस्य रहने प्रावधान पनि विधानमा समेटिएको छ।
पार्टी स्थापना भएपछि पहिलोपटक हुन लागेको यस महाधिवेशनलाई रास्वपाले आफ्नो संगठन सुदृढीकरण, नेतृत्व हस्तान्तरण र आगामी राजनीतिक दिशानिर्देशनका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको छ। महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै पार्टीको भावी रणनीति र संगठन विस्तारका विषयमा समेत महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
११ घण्टा अगाडि
2.2kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



