

रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
चितवन । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनस्थलको निरीक्षण तथा सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन गर्नुभएको छ।
शनिबार महाधिवेशनस्थल पुग्नुभएका आईजीपी कार्कीले कार्यक्रमस्थलको समग्र सुरक्षा अवस्था, आगन्तुक व्यवस्थापन, ट्राफिक सञ्चालन तथा सुरक्षा निकायको तयारीबारे जानकारी लिनुभएको थियो। उहाँले महाधिवेशनलाई शान्तिपूर्ण, सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गराउन खटिएका प्रहरी कर्मचारीलाई आवश्यक निर्देशनसमेत दिनुभएको बताइएको छ।
निरीक्षणका क्रममा आईजीपी कार्कीले ठूलो संख्यामा सहभागी हुने राजनीतिक कार्यक्रमहरूको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको थियो।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन भरतपुरमा तीन दिनसम्म सञ्चालन हुने कार्यक्रम रहेको छ। महाधिवेशनमा देशभरबाट आएका प्रतिनिधि, नेता–कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहने भएकाले सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीका अनुसार महाधिवेशन अवधिभर कार्यक्रमस्थल र आसपासका क्षेत्रमा पर्याप्त प्रहरी परिचालन गरी सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाइएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१६ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



