

एनसेल एपबाटै बस टिकट, हवाई यात्रा र साहसिक गतिविधिमा छुट पाइने
काठमाडौं । एनसेल ग्राहकले अब एनसेल एपमार्फत बस टिकट, आन्तरिक हवाई यात्रा तथा साहसिक गतिविधिमा आकर्षक छुट र विभिन्न सुविधा प्राप्त गर्ने भएका छन्।
यसका लागि एनसेलले ट्राभल प्लेटफर्म ट्रिप टर्बोसँग साझेदारी गरेको छ। साझेदारीअनुसार ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यका प्याक खरिद गर्ने एनसेल ग्राहकले ट्रिप टर्बोमार्फत यात्रा तथा मनोरञ्जनसम्बन्धी सेवामा छुट पाउनेछन्।
एनसेलका अनुसार ग्राहकले विभिन्न साहसिक तथा मनोरञ्जनात्मक गतिविधिमा ८ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। यस्तै पहिलो पटक आन्तरिक हवाई टिकट बुकिङ गर्दा २०० रुपैयाँ र त्यसपछिका प्रत्येक उडानमा १४० रुपैयाँ छुट उपलब्ध हुनेछ भने बस टिकट बुकिङमा १११ रुपैयाँसम्म छुट पाउने व्यवस्था गरिएको छ।
यो सुविधा एनसेल एपभित्र रहेको ‘पार्टनर्ड सर्भिसेज’ अन्तर्गतको ट्रिप टर्बो सेक्सनमार्फत प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपाङ्ग दत्ताले कनेक्टिभिटीसँगै ग्राहकको यात्रा र जीवनशैलीसँग जोडिएका सुविधाहरू उपलब्ध गराउने उद्देश्यअनुसार ट्रिप टर्बोसँग सहकार्य गरिएको बताएका छन्। उनका अनुसार यस साझेदारीले ग्राहकको यात्रा थप सहज, किफायती र सुविधाजनक बनाउने अपेक्षा गरिएको छ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१६ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



