आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

मेष
सोचेभन्दा फरक जिम्मेवारी आउन सक्छ। समय व्यवस्थापन गरेर काम गर्दा कुनै पनि विषय बिग्रिने छैन। अरूको भनाइमा मात्र भर नपरी आफ्नै विवेक प्रयोग गर्नु राम्रो हुनेछ। आजको शुभ रंग गाढा रातो र शुभ अंक ७ रहेको छ।
वृष
कारोबार वा व्यवसायमा केही काम समयमै पूरा नहुँदा आलोचना वा अपयशको सामना गर्नुपर्न सक्छ। समस्या खुलेर राख्दा साथीभाइको सहयोग प्राप्त हुनेछ। स्वास्थ्यप्रति विशेष सावधानी अपनाउनु आवश्यक छ। आजको शुभ रंग बैजनी र शुभ अंक ४ रहेको छ।
मिथुन
घरपरिवारसँग सम्बन्धित महत्वपूर्ण काम सम्पन्न गर्ने अवसर मिल्नेछ। परिवारका सदस्यसँग गरिएको छलफल फलदायी बन्न सक्छ। लामो समयदेखि रहेको चिन्ता बिस्तारै कम हुँदै जानेछ। आजको शुभ रंग हल्का हरियो र शुभ अंक ९ रहेको छ।
कर्कट
छोटो यात्रा वा भेटघाटको सम्भावना देखिन्छ। नयाँ जानकारी प्राप्त गर्ने र अनुभव साटासाट गर्ने अवसर मिल्नेछ। तपाईंको बोलीले अरूको मन जित्न सक्नेछ। आजको शुभ रंग सेतो र शुभ अंक ५ रहेको छ।
सिंह
आम्दानी र खर्चबीच सन्तुलन कायम गर्नु आवश्यक देखिन्छ। लामो समयदेखि सोचिरहेको किनमेल पूरा हुन सक्छ। अनावश्यक खर्च नियन्त्रण गर्न सके आर्थिक अवस्था मजबुत बन्नेछ। आजको शुभ रंग सुनौलो र शुभ अंक १ रहेको छ।
कन्या
तपाईंको काम र क्षमताले छुट्टै पहिचान दिलाउन सक्छ। अरूले तपाईंको सुझावलाई महत्त्व दिने सम्भावना छ। नयाँ योजना सुरु गर्ने प्रेरणा मिल्नेछ। आजको शुभ रंग हरियो र शुभ अंक ६ रहेको छ।
तुला
आज हतारमा निर्णय लिनुभन्दा धैर्य अपनाउनु उचित हुनेछ। केही विषय समयसँगै सहज रूपमा समाधान हुन सक्छन्। मानसिक शान्ति कायम राख्न विश्रामका लागि पनि समय निकाल्नुहोस्। आजको शुभ रंग गुलाबी र शुभ अंक २ रहेको छ।
वृश्चिक
पुराना साथीभाइसँग भेटघाट वा संवाद हुन सक्छ। मनमा रहेका नयाँ योजना साझा गर्ने अवसर प्राप्त हुनेछ। सहकार्यबाट राम्रो नतिजा प्राप्त हुने संकेत छ। आजको शुभ रंग सेतो र शुभ अंक ८ रहेको छ।
धनु
कामको जिम्मेवारी बढ्न सक्छ तर अनुभव र आत्मविश्वासले चुनौती सजिलै पार गर्न सकिनेछ। वरिष्ठ व्यक्तिहरूको विश्वास जित्ने अवसर मिल्नेछ। मेहनतको प्रतिफल देखिन थाल्नेछ। आजको शुभ रंग केशरी र शुभ अंक ४ रहेको छ।
मकर
नयाँ विषय, नयाँ अनुभव र नयाँ ज्ञानतर्फ आकर्षण बढ्नेछ। सिकाइ र अध्ययनमा प्रगति हुने सम्भावना छ। धार्मिक तथा आध्यात्मिक विषयमा रुचि बढ्न सक्छ। आजको शुभ रंग शाही निलो र शुभ अंक ५ रहेको छ।
कुम्भ
लामो समयदेखि अल्झिएको कुनै विषयको समाधान हुन सक्छ। हतारमा बोलेका शब्दले सम्बन्धमा असर पार्न सक्ने भएकाले संयम आवश्यक छ। सोचविचार गरेर गरिएको निर्णय लाभदायी बन्नेछ। आजको शुभ रंग बैजनी र शुभ अंक ९ रहेको छ।
मीन
नजिकका व्यक्तिसँगको सम्बन्ध अझ सुमधुर बन्नेछ। आपसी समझदारी र सहकार्यले सम्बन्धलाई बलियो बनाउनेछ। साझेदारीमा गरिएका काममा सफलता मिल्ने संकेत छ। आजको शुभ रंग आकाशे निलो र शुभ अंक २ रहेको छ।
सबै राशिका लागि सुझाव: आज धैर्य, सकारात्मक सोच र समयको सही व्यवस्थापनले दिनलाई अझ सफल बनाउन मद्दत गर्नेछ। शुभ दिनको शुभकामना।

Facebook Comments Box
TOP
467 Shares