चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा

चितवन । चितवनको भरतपुर महानगरपालिका–१५ स्थित अतिथि पार्टी प्यालेस नजिकै ट्रक र स्कुटर ठोक्किँदा दुई जना युवाको मृत्यु भएको छ।

भरतपुरबाट रामपुरतर्फ जाँदै गरेको ना ५ ख ५८१६ नम्बरको ट्रक र सोही दिशातर्फ गइरहेको बा.प्र.०६००४ प ७२४८ नम्बरको स्कुटर पछाडिबाट ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा स्कुटर चालक भरतपुर महानगरपालिका–२६ दिव्यनगरका २२ वर्षीय अशोक भण्डारी र पछाडि सवार लमजुङ घर भई हाल भरतपुर–२० बस्ने १९ वर्षीय राजिब गुरुङ गम्भीर घाइते भएका थिए।

घाइते दुवै जनालाई तत्काल उपचारका लागि अस्पताल पुर्‍याइए पनि उपचारकै क्रममा आज बिहान २:४० बजे उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ट्रक चालक मकवानपुरको राक्सिराङ गाउँपालिका–३ का २७ वर्षीय बाबुलाल थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको तथा घटनाबारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Facebook Comments Box
TOP
381 Shares