

डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
कञ्चनपुर। नेपाल प्रहरीका डिआईजी सानुराम भट्टराईले नेपाल प्रहरी विशेष सुरक्षा गण, कञ्चनपुरको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको छ।
निरीक्षणका क्रममा डिआईजी भट्टराईले गण अन्तर्गतका विभिन्न शाखाहरूको अवलोकन गर्नुका साथै भीड नियन्त्रण अभ्यासको प्रत्यक्ष निरीक्षण गर्नुभयो। उहाँले गणको समग्र कार्यसम्पादन, सुरक्षा व्यवस्थापन, तालिम तथा तयारी अवस्थाबारे जानकारी लिँदै आवश्यक स्रोत–साधन, व्यवस्थापन तथा संगठनात्मक गतिविधिहरूको समेत समीक्षा गर्नुभयो।
सो अवसरमा उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै व्यावसायिकता, अनुशासन, उच्च मनोबल तथा जिम्मेवारीपूर्ण कार्यसम्पादनमार्फत संगठनको गरिमा अभिवृद्धि गर्न निर्देशन दिनुभयो।
त्यस्तै, शान्ति सुरक्षा कायम राख्न, विपद् तथा विशेष परिस्थितिमा प्रभावकारी रूपमा परिचालन हुन तथा नागरिकमैत्री सेवाप्रवाहलाई थप सुदृढ बनाउन सदैव तयारी अवस्थामा रही आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न उहाँले आवश्यक निर्देशन दिनुभयो।
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
२३ घण्टा अगाडि
2.0kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



