

भेनेजुएलामा शक्तिशाली भूकम्पपछि आपतकाल घोषणा, ३२ जनाको मृत्यु पुष्टि
काठमाडौँ — भेनेजुएलामा लगातार आएका ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्पपछि सरकारले देशभर आपतकाल घोषणा गरेको छ।
भूकम्पका कारण हालसम्म कम्तीमा ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने राजधानी काराकाससहित विभिन्न क्षेत्रमा भवनहरू भत्किएका छन्। कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले राष्ट्रका नाममा सम्बोधन गर्दै आपतकाल घोषणा गरेकी हुन्।
राष्ट्रपति रोड्रिगेजका अनुसार भूकम्पपछि २० वटा परकम्प रेकर्ड भइसकेका छन्। उनले नागरिकलाई सतर्क रहन आग्रह गर्दै उद्धार तथा राहत कार्य तीव्र पारिएको जानकारी दिइन्।
चाकाओ क्षेत्रमा मात्र चारभन्दा बढी भवन भत्किएको र कम्तीमा १८ जनाको जीवित उद्धार गरिएको जनाइएको छ। भग्नावशेषमा फसेका मानिसहरूको खोज तथा उद्धारका लागि सयौँ सुरक्षाकर्मी परिचालन गरिएको छ।
भूकम्पले काराकास, मिरान्डा, ला ग्वाइरा, अरागुआ र काराबोबो लगायतका क्षेत्रमा क्षति पुर्याएको छ। विद्यालय, रेल तथा मेट्रो सेवा समेत प्रभावित भएका छन्।
अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) ले ठूलो जनधनको क्षति हुन सक्ने चेतावनी दिएको छ। यद्यपि क्षतिको पूर्ण विवरण अझै सार्वजनिक भइसकेको छैन। विभिन्न देशहरूले भेनेजुएलालाई उद्धार तथा मानवीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।
समाज
थप सामाग्री-
निर्जला एकादशी: पाण्डव भीम एकादशीको कथा र धार्मिक महत्व
-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
११ घण्टा अगाडि
2.7kViews 159 Shares Share on Facebook Share on Twitter काठमाडौं । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी…





