

क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंस्थित हायात होटलभित्र रहेको प्राइड क्यासिनोमा भएको करोडौं रुपैयाँको डकैती प्रकरणमा संलग्न मुख्य अभियुक्तहरू धरौटीमा रिहा भएपछि घटनाले नयाँ मोड लिएको छ। यसबीच अदालतमा बिचौलियामार्फत ‘बेन्च सेटिङ’ मिलाउने प्रयास भइरहेको दाबी सार्वजनिक भएको छ।
प्रकरणमा गिरोहका नाइके मानिएका कुले भन्ने कुलध्वज लामा र कोरियन भन्ने राकेश लामा लामो समय फरार रहेपछि अदालतमा उपस्थित भएका थिए। अदालतले उनीहरूलाई जनही चार लाख रुपैयाँ धरौटीमा रिहा गरेको छ।
यता, सोही मुद्दाका अन्य अभियुक्तहरू भने पुर्पक्षका लागि कारागार चलान भएका छन्। मुख्य योजनाकार मानिएका व्यक्तिहरू धरौटीमा छुट्दा अन्य अभियुक्त जेलमा रहनुले न्यायिक प्रक्रियामाथि प्रश्न उठेको छ।
प्रहरी स्रोतका अनुसार कुलध्वजविरुद्ध यसअघि पाँचवटा र राकेशविरुद्ध सातवटा आपराधिक मुद्दा दर्ता भइसकेका थिए। दुवै जना विगतदेखि नै विभिन्न आपराधिक गतिविधि तथा गुन्डागर्दीमा संलग्न रहेको प्रहरी अभिलेखमा उल्लेख छ। यस्तो पृष्ठभूमिका व्यक्तिहरू गम्भीर प्रकृतिको डकैती मुद्दामा सहजै धरौटीमा छुटेपछि सुरक्षा निकायभित्र समेत आश्चर्य व्यक्त गरिएको बताइन्छ।
प्रहरी अनुसन्धानअनुसार २४ भदौको आन्दोलनका क्रममा उक्त समूहले प्राइड क्यासिनोबाट करिब १४ करोड रुपैयाँ बराबरको नगद तथा सम्पत्ति लुटेको आरोप छ। घटनापछि रकमको भागबन्डा गरिएको दाबी भए पनि हालसम्म अधिकांश रकम बरामद हुन सकेको छैन।
यस मुद्दामा पक्राउ परेका दावा शेर्पा (सेठ्ठी), रञ्जित खड्गी (रने), दोर्जे शेर्पा, शुक्रराज घिसिङ, मनोहरी पौडेल, करण डंगोल, अभिषेक चौहान, शिशिर राई, सुनिल गजमेर र रञ्जन तामाङ भने हाल कारागारमा छन्।
स्रोतका अनुसार कारागारमा रहेका केही अभियुक्तहरू पनि उच्च अदालतमार्फत रिहा हुने प्रयासमा जुटेका छन्। त्यसका लागि बिचौलिया, दलाल तथा प्रभावशाली व्यक्तिहरूको माध्यमबाट न्यायिक प्रक्रियामा प्रभाव पार्ने प्रयास भइरहेको दाबी गरिएको छ। यद्यपि, यस विषयमा आधिकारिक पुष्टि भने भइसकेको छैन।
उता, जिल्ला प्रहरी परिसर काठमाडौंले डकैती लगायतका आपराधिक गतिविधिबाट आर्जन गरिएको आशंकित सम्पत्तिको समेत छानबिन गर्ने निर्णय गरेको थियो। प्रारम्भिक अनुसन्धानका क्रममा केही अभियुक्तले अपराधजन्य गतिविधिबाट अस्वाभाविक रूपमा ठूलो सम्पत्ति जोडेको संकेत भेटिएपछि सम्पत्ति शुद्धीकरण र आर्थिक स्रोतको अनुसन्धान अघि बढाइएको थियो।
तर पछिल्लो समय उक्त सम्पत्ति छानबिन प्रक्रिया सुस्त बनेको तथा अनुसन्धान नै रोकिएको जस्तो देखिएको भन्दै प्रश्न उठ्न थालेका छन्। यसले डकैती प्रकरणको अनुसन्धान, न्यायिक प्रक्रिया तथा सम्भावित आर्थिक प्रभावबारे थप जिज्ञासा र आशंका उत्पन्न गरेको छ।
प्रहरी तथा अदालतबाट आधिकारिक रूपमा थप विवरण सार्वजनिक हुन बाँकी रहेकाले घटनासम्बन्धी आरोपहरूको स्वतन्त्र पुष्टि हुन भने अझै बाँकी छ।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





