प्रहरी श्रीमती संघद्वारा बुटवलमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सम्पन्न

बुटवल । नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल र लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगञ्जको सहकार्यमा बुटवल उपमहानगरपालिका–१० स्थित बुटवल बहुउद्देश्यीय भवनमा निःशुल्क स्वास्थ्य शिविर तथा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

प्रहरी श्रीमती संघकी अध्यक्ष नविना खत्री कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वास्थ्य सेवासँगै जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागीहरूले स्वास्थ्य परीक्षण, परामर्श तथा विभिन्न स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गरेका थिए।

कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी भूपेन्द्र बहादुर खत्री, लुम्बिनी प्रदेश प्रहरी श्रीमती संघकी अध्यक्ष पूजा खत्री, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख एसएसपी दयानिधि ज्ञवाली, प्रहरी श्रीमती संघकी कोषाध्यक्ष राधिका ज्ञवाली, इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, वडा प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी कर्मचारीहरू तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै सर्वसाधारणलाई आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम प्रभावकारी र उपलब्धिमूलक रहेको आयोजकले जनाएको छ। कार्यक्रमले प्रहरी संगठन र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुगेको विश्वास व्यक्त गरिएको छ।

Facebook Comments Box
आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
१२ घण्टा अगाडि

2.2kViews 240 Shares Share on Facebook Share on Twitter मेष योजनाबद्ध तरिकाले कार्य गर्दा सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी…

TOP
497 Shares