

राहदानी छपाइ भ्रष्टाचार मुद्दामा एसपीको नाम जोडियो, अनुसन्धानमा साक्षीका रूपमा उल्लेख
काठमाडौं । राहदानी (पासपोर्ट) छपाइ तथा खरिद प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी भ्रष्टाचार मुद्दाको अनुसन्धानका क्रममा नेपाल प्रहरीका एक प्रहरी उपरीक्षक (एसपी) को नाम समेत जोडिएको खुलेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको अभियोगपत्रअनुसार बोलपत्र मूल्याङ्कन उपसमितिमा संलग्न रहेका एसपी पुष्करराज भट्टले सम्बन्धित कागजातमा हस्ताक्षर गरेको देखिएको छ। तर, उनलाई प्रतिवादी बनाइएको छैन।
आयोगका अनुसार अनुसन्धानमा सहयोग पुर्याएको आधारमा एसपी भट्टलाई साक्षीका रूपमा राखिएको हो। यस प्रकरणमा मुकेश रेग्मी, दिनेश अधिकारी, ध्रुव तिवारी, मुनिष आचार्य र मनिष भट्टराईलगायतलाई पनि साक्षीका रूपमा समावेश गरिएको छ।
अख्तियारले राहदानी छपाइ तथा खरिद प्रक्रियामा सार्वजनिक खरिद ऐन तथा प्रचलित कानुनी व्यवस्था उल्लंघन गरी राज्यलाई हानि पुगेको निष्कर्षसहित सोमबार राहदानी विभागका तत्कालीन महानिर्देशकसहित १६ जना व्यक्ति तथा दुई जर्मन कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।
आयोगका अनुसार खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाइएको उक्त मुद्दा अब विशेष अदालतमा थप सुनुवाइका लागि अघि बढ्नेछ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





