

बेलायती प्रधानमन्त्री किअर स्टार्मरले लेबर पार्टी र सरकार नेतृत्वबाट राजीनामा दिने घोषणा
लन्डन — बेलायती प्रधानमन्त्री किअर स्टार्मर ले सरकार र लेबर पार्टीको नेतृत्वबाट राजीनामा दिने घोषणा गरेका छन्।
डाउनिङ स्ट्रिट बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले पदमा रहँदा गरेका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरेको दाबी गरे। उनले पार्टीले नयाँ नेता चयन नगरेसम्म प्रधानमन्त्रीको जिम्मेवारीमा रहने बताएका छन्।
गत साता उपनिर्वाचनबाट सांसद निर्वाचित भएका एन्डी बर्नमलाई स्टार्मरको सम्भावित उत्तराधिकारीका रूपमा हेरिएको छ। तर नयाँ प्रधानमन्त्री चयन प्रक्रिया पूरा हुन सेप्टेम्बरसम्म समय लाग्न सक्ने बताइएको छ।
सन् २०२४ को आमनिर्वाचनमा लेबर पार्टीलाई जिताउँदै प्रधानमन्त्री बनेका स्टार्मरको कार्यकालमा नीतिगत परिवर्तन, जनसमर्थनमा आएको गिरावट र राजनीतिक चुनौतीका कारण दबाब बढ्दै गएको थियो।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





