

उत्कृष्ट कार्यसम्पादन गर्न जिल्ला प्रहरी प्रमुखहरूलाई डिआइजी भट्टराईको कडा निर्देशन
धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) सानुराम भट्टराईले प्रदेशका सात पहाडी जिल्लाका जिल्ला प्रहरी कार्यालय प्रमुखहरूलाई उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिएका छन्।
भर्चुअल माध्यमबाट आयोजित निर्देशन तथा सम्बोधन कार्यक्रममा डिआइजी भट्टराईले जिल्लाको समग्र सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै अपराध नियन्त्रण तथा अनुसन्धानलाई नतिजामुखी बनाउन जोड दिएका हुन्। उनले नागरिकमैत्री प्रहरी सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै संगठनले दिएको जिम्मेवारी उच्च व्यावसायिकता, इमानदारी र कर्तव्यनिष्ठाका साथ निर्वाह गर्न जिल्ला प्रमुखहरूलाई निर्देशन दिए।
उनले शान्ति सुरक्षा कायम राख्न प्रहरी संगठनको कार्यक्षमता, जवाफदेहिता र जनविश्वास अभिवृद्धिमा विशेष ध्यान दिनुपर्ने उल्लेख गर्दै अपराध नियन्त्रण तथा अनुसन्धानका कार्यमा कुनै पनि प्रकारको लापरबाही नगर्न सचेत गराए।
डिआइजी भट्टराईले मनसुन सक्रिय भएसँगै प्राकृतिक विपद्का घटनाहरू बढ्न सक्ने भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रहरूको समयमै पहिचान गर्न, स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय बढाउन र आवश्यक पर्दा तत्काल परिचालन हुन सक्ने गरी प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राख्न विशेष निर्देशन दिएका छन्।
कार्यक्रममा सहभागी जिल्ला प्रहरी प्रमुखहरूलाई विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्न तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न आवश्यक सम्पूर्ण तयारी अवस्थामा रहन समेत आग्रह गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
प्रदेश प्रहरी प्रमुख भट्टराईले जनताको भरोसाको केन्द्रका रूपमा प्रहरी संगठनलाई स्थापित गर्न सेवा प्रवाहमा सुधार, अनुशासनको पालना र प्रभावकारी कार्यसम्पादन अपरिहार्य रहेको उल्लेख गर्दै परिणाममुखी काममार्फत संगठनको छवि थप सुदृढ बनाउन सबै जिल्ला प्रमुखहरूलाई निर्देशन दिएका छन्।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





