

आजको राशिफल : मेषलाई सफलता, मीनलाई धनलाभको योग
मेष
योजनाबद्ध तरिकाले कार्य गर्दा सफलता प्राप्त हुनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी वा अवसर प्राप्त हुन सक्छ। पारिवारिक जमघट तथा भेटघाटले मन प्रसन्न रहनेछ।
शुभ रंग: सेतो | शुभ अंक: २
वृष
धैर्य र साहसका साथ अघि बढ्दा महत्वपूर्ण कार्य सम्पन्न हुनेछ। विगतका सफलताले नयाँ कामप्रति उत्साह थप्नेछ। टाढिएका आफन्तसँगको भेटघाटले खुसी मिल्नेछ।
शुभ रंग: हरियो | शुभ अंक: १
मिथुन
बलियो इच्छाशक्तिका कारण लक्ष्य प्राप्ति सहज बन्नेछ। व्यापार–व्यवसायमा अपेक्षित सहयोग नपाए पनि आयआर्जन सामान्य रहनेछ।
शुभ रंग: सेतो | शुभ अंक: ३
कर्कट
मेहनतको उचित प्रतिफल प्राप्त हुनेछ। विद्यार्थीहरूलाई अध्ययनमा सफलता मिल्नेछ। युवावर्गमा नयाँ प्रेम सम्बन्धको सुरुवात हुन सक्छ। भौतिक सुविधा तथा साधन जुट्ने सम्भावना छ।
शुभ रंग: रातो | शुभ अंक: १
सिंह
कार्यस्थलमा आफ्नो प्रभाव बढाउँदै काम सफल बनाउन सक्नुहुनेछ। राजनीतिक तथा सामाजिक क्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्छ। व्यापारमा लाभ र गृहकार्यमा जीवनसाथीको सहयोग प्राप्त हुनेछ।
शुभ रंग: हरियो | शुभ अंक: २
कन्या
आत्मविश्वासमा वृद्धि हुनेछ। प्रयासअनुसार लक्ष्य हासिल गर्न सकिनेछ। परिवारका साना सदस्य तथा भाइबहिनीबाट सहयोग प्राप्त हुनेछ।
शुभ रंग: हल्का हरियो | शुभ अंक: २
तुला
सञ्चित धनमा वृद्धि हुने संकेत छ। मधुर बोली र व्यवहारले महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिनेछ। आफन्तजनसँग रमाइलो समय बित्नेछ।
शुभ रंग: निलो | शुभ अंक: ९
वृश्चिक
सेवामूलक कार्यबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ। शुभचिन्तकहरूको साथ मिल्नेछ। नयाँ योजना तथा सामाजिक कार्यमा सक्रियता बढ्नेछ।
शुभ रंग: आकाशे निलो | शुभ अंक: ३
धनु
दाम्पत्य जीवन सुखद रहनेछ। साझेदारी व्यवसायबाट राम्रो लाभ प्राप्त हुन सक्छ। छिमेकी तथा आफन्तसँग सम्बन्ध सुधार हुनेछ। महत्वाकांक्षी योजना कार्यान्वयन गर्ने उपयुक्त समय छ।
शुभ रंग: सेतो | शुभ अंक: ६
मकर
परिवारजनको सहयोगले रोकिएका वा बिग्रिएका काम बन्नेछन्। यात्रा गर्दा सावधानी अपनाउनुहोस्। स्वास्थ्यका लागि पौष्टिक भोजनमा ध्यान दिनु उपयुक्त हुनेछ।
शुभ रंग: हल्का हरियो | शुभ अंक: ४
कुम्भ
कार्यस्थलमा प्रतिस्पर्धीलाई पछि पार्दै नयाँ अवसर प्राप्त गर्न सक्नुहुनेछ। मेहनतको उचित मूल्यांकन हुनेछ। रोकिएका काम सम्पन्न हुँदा आर्थिक अवस्था बलियो बन्नेछ।
शुभ रंग: पहेँलो | शुभ अंक: ५
मीन
नयाँ कार्यको सुरुवात हुने सम्भावना छ। सामूहिक कार्यक्रममा आफ्नो उपस्थिति प्रभावशाली बन्नेछ। दीर्घकालीन योजना निर्माण हुनेछन्। आकस्मिक धनलाभको योग देखिन्छ।
शुभ रंग: खैरो | शुभ अंक: ७
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





