बढुवासँगै नयाँ जिम्मेवारी : एसएसपी तुलबहादुर कार्कीद्वारा प्रहरीलाई दर्ज्यानी चिन्ह सु–शोभन

ललितपुर । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तुलबहादुर कार्कीले पदोन्नति भएका प्रहरी कर्मचारीलाई दर्ज्यानी चिन्ह सु–शोभन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग अन्तर्गत कर्मचारी प्रशासन शाखा, नक्साल काठमाडौंको पत्रादेशअनुसार प्राविधिक प्रहरी समूहतर्फ पदोन्नति भएका प्रहरी कर्मचारीलाई एक विशेष कार्यक्रमबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।

कार्यक्रममा प्रहरी सहायक हवल्दारबाट प्रहरी हवल्दार तथा प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा भएका प्रहरी कर्मचारीलाई एसएसपी कार्कीले दर्ज्यानी चिन्ह सु–शोभन गरेका थिए। सो अवसरमा उनले पदोन्नतिसँगै थपिएको जिम्मेवारीलाई इमान्दारिता, व्यावसायिकता र अनुशासनका साथ निर्वाह गर्न निर्देशन दिँदै संगठनप्रति समर्पित भएर सेवा दिन आग्रह गरे।

एसएसपी कार्कीले बढुवा व्यक्तिगत उपलब्धिमात्र नभई संगठनले गरेको विश्वासको सम्मान भएको उल्लेख गर्दै जनमैत्री, उत्तरदायी र प्रभावकारी प्रहरी सेवा प्रवाहमा अझ सक्रिय भूमिका खेल्नुपर्ने बताए।

दर्ज्यानी चिन्ह सु–शोभन कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी), प्रहरी निरीक्षक (इन्सपेक्टर) लगायत अन्य प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो।

पदोन्नति भएका प्रहरी कर्मचारीहरूले संगठनले दिएको अवसरप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ जिम्मेवार, अनुशासित र सेवामुखी भएर कार्य गर्ने प्रतिबद्धता जनाएका थिए। कार्यक्रमले पदोन्नत प्रहरी कर्मचारीमा थप उत्साह र हौसला प्रदान गरेको परिसरले जनाएको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
208 Shares