जापानको साइतामामा अपार्टमेन्टमा नेपाली महिलाको मृत्यु, अनुसन्धान जारी

काठमाडौँ — जापानको साइतामा प्रान्तअन्तर्गत कोनोसु शहरस्थित एक अपार्टमेन्टमा टाउकोमा गम्भीर चोट लागेकी नेपाली महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

स्थानीय प्रहरीका अनुसार ती महिला अपार्टमेन्टको प्यासेजमा रगताम्मे अवस्थामा अचेत फेला परेकी थिइन्। उनलाई तत्काल अस्पताल लगिए पनि करिब एक घण्टापछि चिकित्सकले मृत घोषित गरेका थिए।

घटनाको सुरुआत आइतबार बिहान करिब साढे ७ बजे भएको बताइएको छ। सोही समयमा विदेशी नागरिक एक जना प्रहरी चौकी पुगेका थिए, जो मृतकका श्रीमान भएको उल्लेख छ। प्रहरी टोली पछि उनीसँगै अपार्टमेन्ट पुगेको थियो।

प्रहरीले श्रीमानसँग सोधपुछ गरिरहेको भए पनि उनले अस्पष्ट र दोधारे बयान दिएको जनाइएको छ। घटनाको कारण र परिस्थितिबारे विस्तृत अनुसन्धान जारी रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
205 Shares