आँबुखैरेनीमा तेल ट्याङ्कर र ट्रक ठोक्किँदा सडक अवरुद्ध, दुई चालक घाइते

तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका अन्तर्गत पावरहाउस नजिक पृथ्वी राजमार्गमा बुधबार बिहान तेल बोक्ने ट्याङ्कर र मालवाहक ट्रक एकआपसमा ठोक्किँदा दुई चालक घाइते भएका छन् भने राजमार्ग अवरुद्ध भएको छ।

मुग्लिनबाट आँबुखैरेनीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ क २७०० नम्बरको तेल बोक्ने ट्याङ्कर र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ७७७५ नम्बरको मालवाहक डिब्बा ट्रक ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा ट्याङ्कर चालक लमजुङको सुन्दरबजार नगरपालिका–९ निवासी ४३ वर्षीय हरीबहादुर घर्ती घाइते भएका छन्। उनको दायाँ खुट्टामा भित्री चोट लागेको छ। त्यसैगरी ट्रक चालक धादिङको नौबिसे नगरपालिका–८ निवासी ३९ वर्षीय गौतम श्रेष्ठको दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ।

दुवै घाइतेको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

दुर्घटनापछि दुवै सवारीसाधन सडकमै रहेकाले पृथ्वी राजमार्गको उक्त खण्डमा दुवैतर्फको सवारी आवागमन अवरुद्ध भएको छ। सडक खुलाउन इन्स्पेक्टर प्रदीप सुवेदीको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली खटिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी द्वारिका घिमिरेका अनुसार दुर्घटनाग्रस्त सवारी हटाएर यातायात सञ्चालन सहज बनाउन तीव्र रूपमा उद्धार तथा व्यवस्थापन कार्य भइरहेको छ।

दुर्घटनापछि राजमार्गमा सवारी साधनको लाम लाग्न थालेको छ भने प्रहरीले वैकल्पिक व्यवस्था र सावधानी अपनाउन चालकहरूलाई आग्रह गरेको छ।

Facebook Comments Box
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि

2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…

TOP
418 Shares