
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
बुटवल । बुटवलको अस्पताल लाइनमा सञ्चालित सैनामैना फार्मेसीमा प्रहरीले नक्कली तथा प्रतिबन्धित औषधीको अवैध कारोबार भइरहेको आशङ्कामा छापा मारेको छ।
इलाका प्रहरी कार्यालय बुटवलको टोलीले विशेष सूचनाका आधारमा उक्त फार्मेसीमा छापा मारेको बुटवलका प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले जानकारी दिएका छन्।
प्रहरीका अनुसार भारतमा निर्मित केही औषधी नक्कली भएको आशङ्कामा औषधी व्यवस्था विभागले यस्ता औषधीको खरिद–बिक्री नगर्न निर्देशन जारी गरिसकेको छ। सोही निर्देशन विपरीत ती औषधी बिक्री भइरहेको सूचना पाएपछि छापा मारिएको हो।
छापाका क्रममा फार्मेसी र गोदाम दुवै स्थानमा लुकाइएका शङ्कास्पद औषधीहरू फेला परेका प्रहरीले जनाएको छ।
बरामद औषधीको विस्तृत परीक्षण तथा अनुसन्धान भइरहेको र फार्मेसी सञ्चालकविरुद्ध औषधि ऐन तथा जनस्वास्थ्यविरुद्धको कसुरअन्तर्गत कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।
समाज
थप सामाग्री-
रातोघर साहित्य उत्सव–२०८३ असार १२ मा काठमाडौंमा हुने
-
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला
-
२४ घण्टामा २ हजार ५१९ चालक कारबाहीमा, करिब १९ लाख राजस्व संकलन
-
बुटवलको सैनामैना फार्मेसीमा नक्कली तथा प्रतिबन्धित औषधी आशङ्कामा प्रहरी छापा, शङ्कास्पद औषधी बरामद
-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
३ घण्टा अगाडि
2.2kViews 312 Shares Share on Facebook Share on Twitter मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी…





