
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नोकरी वा पेशामा सहकर्मीहरूको सहयोग प्राप्त हुनेछ। धन वा धातु सङ्कलन गर्ने अवसर मिल्न सक्छ। जटिल काम सम्पन्न हुँदा नयाँ कार्यप्रति उत्साह बढ्नेछ।
शुभ रंगः सेतो
शुभ अंकः ३
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सेवामूलक क्षेत्रमा प्रगति हुनेछ। महत्वाकांक्षी योजनाहरू कार्यान्वयन गर्न पिताको सल्लाह उपयोगी बन्नेछ। रोजगारीका नयाँ अवसर प्राप्त हुनेछन्। कार्यक्षेत्रमा अरूको भरमा काम अधुरो नछोड्नुहोस्।
शुभ रंगः सेतो
शुभ अंकः ४
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
पारिवारिक समस्याप्रति पनि ध्यान दिनु आवश्यक छ। धर्म–कर्मप्रति रुचि बढ्नेछ। प्रेम सम्बन्धमा सुनेका कुरामा मात्र विश्वास नगर्नु राम्रो हुनेछ।
शुभ रंगः पहेँलो
शुभ अंकः ३
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
धार्मिक तथा सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। आर्थिक अवस्था सुदृढ रहनेछ। व्यापार–व्यवसायसँग सम्बन्धित यात्रा लाभदायी बन्ने संकेत छ।
शुभ रंगः रातो
शुभ अंकः ६
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यक्षेत्रमा अपेक्षित सहयोग प्राप्त नहुन सक्छ। दाम्पत्य जीवनमा तालमेलको कमीले काममा केही अवरोध आउन सक्छ। घरमा अतिथिको आगमनले मन प्रसन्न रहनेछ।
शुभ रंगः हरियो
शुभ अंकः ५
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यक्षेत्रमा सुरु गरेको काम पूरा गरेर मात्र नयाँ जिम्मेवारी लिनु उचित हुनेछ। व्यापारिक योजनामा पिताको सहयोग प्राप्त हुनेछ। घरका ज्येष्ठ सदस्यहरूको स्वास्थ्यप्रति सचेत रहनुहोस्।
शुभ रंगः निलो
शुभ अंकः ६
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी प्राप्त हुन सक्छ। राजनीतिक क्षेत्रमा गरिएका कार्यको चर्चा हुनेछ। अरूका लागि बुद्धि र धन खर्च गर्नुपर्ने अवस्था आउन सक्छ। पिताको स्वास्थ्यप्रति चिन्ता बढ्न सक्छ। सञ्चार तथा चलचित्र क्षेत्रका लागि समय अनुकूल छ।
शुभ रंगः निलो
शुभ अंकः ४
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यक्षेत्रमा प्रतिस्पर्धीहरू बढ्न सक्छन्। रोकिएका काम पुनः प्रयास गर्दा सफलता मिल्नेछ। नयाँ जिम्मेवारी तथा अवसर प्राप्त हुनेछन्। सरकारी तथा प्रशासनिक क्षेत्रमा सफलता प्राप्त हुने योग छ।
शुभ रंगः निलो
शुभ अंकः २
धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे)
आत्मविश्वासमा वृद्धि हुनेछ। आर्थिक दृष्टिले समय लाभदायक रहनेछ। साहित्य, लेखन तथा सिर्जनात्मक क्षेत्रमा निखार ल्याउन सकिनेछ। पारिवारिक सद्भावमा केही कमी आउन सक्छ।
शुभ रंगः सेतो
शुभ अंकः ६
मकर (भो, जा, जि, खि, खु, खे, खो, गा, गि)
विद्यार्थीहरूले अनावश्यक घुमफिरमा समय खर्च नगर्नु उचित हुनेछ। नोकरी वा व्यवसायमा हतारका निर्णयबाट बच्नुहोस्। मनले चिताएको कार्यमा सफलता प्राप्त हुनेछ।
शुभ रंगः सेतो
शुभ अंकः १
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रतियोगितात्मक परीक्षामा सफलता मिल्नेछ। उद्योग तथा व्यवसायमा नयाँ प्रविधिको अभावले केही अवरोध आउन सक्छ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ।
शुभ रंगः रातो
शुभ अंकः ५
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
कार्यक्षेत्रमा लोकप्रियता र जनसम्पर्क दुवै बढ्नेछ। शेयर बजारबाट लाभ प्राप्त हुने सम्भावना छ। व्यापार–व्यवसायमा नयाँ योजना बनाउँदा गम्भीर सोचविचार गर्नु उचित हुनेछ।
शुभ रंगः निलो
शुभ अंकः ४
समाज
थप सामाग्री-
आजको मौसम पूर्वानुमान: केही प्रदेशमा वर्षा, कतै तातो लहरको सम्भावना
-
आज असार ११ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल
-
आईजीपी दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा प्रहरी कार्य समीक्षा सम्मेलन–२०८३ उद्घाटन
-
क्यासिनो डकैती प्रकरण : नाइके धरौटीमा रिहा, अदालतमा ‘बेन्च सेटिङ’ प्रयासको आरोप
-
जथाभावी लगानीः एकातिर जीवनभरको कमाई स्वाहा, अर्कोतिर कलिलै उमेरमा रोगको भारी र गुमाइँदै ज्यान
कालीमाटी बजारमा आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक, गोलभेँडादेखि माछासम्म नयाँ दर निर्धारण
२३ घण्टा अगाडि
2.1kViews 384 Shares Share on Facebook Share on Twitter काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि…



