

कैलालीमा तालिमका क्रममा ग्रिनेड विस्फोट, नेपाली सेनाका हुद्दाको मृत्यु; सहसेनानी घाइते
धनगढी — कैलालीमा नेपाली सेनाको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा एक जना हुद्दाको मृत्यु भएको छ भने एक जना सहसेनानी घाइते भएका छन्।
मृत्यु हुनेमा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्ट रहेका छन्। बिहीबार बिहान मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा सञ्चालन भइरहेको तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा विष्ट गम्भीर घाइते भएका थिए।
घाइते विष्टलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो। उपचारकै क्रममा दिउँसो करिब १२ बजे उनको मृत्यु भएको जनाइएको छ।
घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि छर्रा लागेर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको भए पनि थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ।
उनीहरू सुदूरपश्चिम पृतना तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका थिए।
समाज
थप सामाग्री-
आज साउन ०४ गते सोमबार, यस्तो छ तपाईको राशिफल
-
रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्प, वरपरका जिल्लामा धक्का महसुस
-
सत्ता, सामाजिक सञ्जाल र मिडिया नियन्त्रणको मोह : इतिहास दोहोर्याउने असफल प्रयास
-
बाढी–पहिरोको जोखिम बढेपछि सरकारको कडा निर्णय, जोखिम मूल्याङ्कनपछि मात्रै सवारी सञ्चालन
-
भारी वर्षाको चेतावनी : २१ जिल्लामा बाढीको मध्यम जोखिम, कोसी ब्यारेजका ढोका खोल्ने तयारी
देशभर मनसुनी प्रभाव कायम : आज र राति भारीदेखि अति भारी वर्षाको सम्भावना, बाढी–पहिरोको उच्च जोखिम
२ दिन अगाडि
2.4kViews 473 Shares Share on Facebook Share on Twitter काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज दिनभर तथा…





