

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, पुनर्मूल्याङ्कनको माग
काठमाडौँ — कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका छन्। नतिजा प्रकाशन तथा मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको र पुनर्मूल्याङ्कन तथा रिटोटलिङको व्यवस्था प्रभावकारी नभएको भन्दै विद्यार्थीहरू सडकमा उत्रिएका हुन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले निष्पक्ष छानबिन, निःशुल्क रिटोटलिङ, उत्तरपुस्तिका पुनः परीक्षण तथा मूल्याङ्कन प्रक्रियामा पारदर्शिता कायम गर्न माग गरेका छन्। उनीहरूले १२ वर्षको मेहनत र भविष्यसँग जोडिएको विषयमा जिम्मेवार निकायले जवाफ दिनुपर्ने भन्दै प्लेकार्डसहित प्रदर्शन गरेका थिए।
विद्यार्थीहरूले छिटो नतिजा सार्वजनिक गर्ने क्रममा त्रुटि भएको दाबी गर्दै माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी दिएका छन्। यता शिक्षा मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशन प्रक्रियामा कुनै त्रुटि नभएको स्पष्ट पारेको छ।
समाज
थप सामाग्री
प्रेसको गेटमा रोकिएका गाडी होइनन्, लोकतन्त्रको बाटो छेक्ने प्रयास
२ दिन अगाडि
2.2kViews 342 Shares Share on Facebook Share on Twitter लोकतन्त्रमा प्रश्न सोध्नु अपराध होइन, बरु राज्यलाई जवाफदेही बनाउने नागरिक अधिकार…





