

जुवातास खेलिरहेको अवस्थामा ३२ जना पक्राउ
कास्की, पोखरा महानगरपालिका-११ फुलबारी घर भई सोही महानगरपालिका-९ बास्तोलाथर बस्ने रमेश गुरुङको बेल बोट रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा गुरुङ सहित ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेन्टमा जुवातास खेलाई रहेको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय वैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५१ हजार १ सय ३० रुपैयाँ र ५२ पत्ती तास सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१९ बागफाटा बस्ने ३६ वर्षीय दानी रानाको घरमा जुवातास खेलिरहेको अवस्थामा दानी समेत १९ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख २० हजार १ सय १२ रुपैयाँ र २ गड्डी तास सहित पक्राउगरेकोहो । 
डडेल्धुरा, अमरगढी नगरपालिका-५ तुफानडाँडास्थित दोस्ती वाईन सप (होटल)मा जुवातास खेलिरहेको अवस्थामा सोही सपका संचालक ३७ वर्षीय गंगा दत्त भट्ट सहित ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त सपमा जुवातास खेलाई रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८७ हजार ९ सय ७० रुपैयाँ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
समाज
थप सामाग्री-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
२२ घण्टा अगाडि
1.7kViews 168 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आइतबार बिहान…



