

फोहोर फाल्नेमाथि महानगरको निगरानी, तीन महिनामा ४ लाख जरिवाना असुल
काठमाडौं महानगरपालिकाले अनधिकृत फोहोर फाल्नेलाई कारबाही गरी ४ लाख रुपैयाँ जरिवाना संकलन गरेको छ।
राति फोहोर फाल्नेलाई कारबाही गरी ४ लाख ५ सय रुपैयाँ जरिवाना रकम संकलन गरेको महानगरपालिकाले जनाएको छ।सडक तथा नदी किनाराजस्ता सार्वजनिक स्थलमा घरको फोहोर बोकेर फाल्न आउने व्यक्ति, व्यवसायी तथा संस्थाका प्रतिनिधिलाई जरिवाना तिराएको हो।
वातावरण तथा कृषि विभागले गरेको अनुगमनका क्रममा साउन महिनामा १ लाख ५२ हजार ५ सय रुपैयाँ, भदौ महिनामा ९९ हजार ५ सय रुपैयाँ र असोज महिनामा १ लाख ४८ हजार ५ सय रुपैयाँ संकलन भएको नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टले जानकारी दिए।
उनका अनुसार फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजार रुपैयाँदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना रकम तोक्ने गरिएको छ। जरिवाना तोकेपछि कतिपय व्यक्तिले गल्ती महसुस गरेर जरिवाना तिर्नुहुन्छ भने कति व्यक्तिहरु जरिवाना तिर्नु नपर्ने अडान लिनुहुन्छ,’ उनले भने, ‘जानेर पनि नजानेजस्तो गरेर फोहोर फाल्न आउने पनि भेटिन्छन्। कतिपयले आफ्नो फोहोर फाल्न अरूलाई प्रयोग गरेका छन्। कतिपय विद्यार्थीहरूले फोहोर व्यवस्थापनको आफूसँग विकल्प नभएपछि बाहिर आउनु परेको बताउने गरेका छन्।’
कतिले फोहोर फाल्न हातैमा बोकेर आउने गरेको त कतिले सवारी साधनको प्रयोग गरेरै आउने गरेको उनले बताए।
घरमा कुहिने र नकुहिने फोहोर वर्गीकरण गरेर राख्ने र तोकिएका व्यक्ति तथा सवारी आएपछि मात्र बाहिर निकाल्न महानगरको अनुरोध छ।
यसरी गरिएको अनुरोधलाई नटेर्नेमाथि कारबाही गर्ने गरिएको अनुगमन टोलीले बताएको छ।
समाज
थप सामाग्री-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
२३ घण्टा अगाडि
1.7kViews 168 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आइतबार बिहान…



