

रेडियोलोजिकल सोसाइटी बागमतीको अध्यक्षमा काफ्ले
नेपाल रेडियोलोजिकल सोसाइटी बागमती प्रदेशको अध्यक्षमा अमृत काफ्ले चुनिएका छन्। मंगलबार भरतपुरमा सम्पन्न प्रथम अधिवेशनले काफ्लेको नेतृत्वमा १५ सदस्यीय समिति गठन गरेको हो।
समितिको उपाध्यक्षमा रुपेश सिलवाल, स्वेच्छा जोशी, रोशन पटेल, महासचिवमा चिरञ्जीवि पन्थी, सचिवमा रमेश श्रेष्ठ, कोषाध्यक्षमा केशव देवकोटा र सहकोषाध्यक्षमा भोगेन्द्र साह चयन भएका छन्।
समितिको सदस्यहरुमा मातृका धिताल, निरजकुमार यादव, राकेशकुमार सिंह, चन्द्रप्रकाश अधिकारी, सुदिप ठाकुर, सुजन श्रेष्ठ र ज्ञानु भण्डारी चयन भएका छन्।अधिवेशनले डा. रमेश घिमिरे, डा. प्रदेश घिमिरे, सञ्जय साह, अशोक साह, जयनारायण झा रहेको पाँच सदस्यीय सल्लाहकार समिति गठन गरेको छ। अधिवेशनको घोषणासभामा प्रमुख अतिथि स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईंले मेडिकल हबकोरुपमा विकास हुँदै गएको चितवनमा रेडियोलोजिष्टहरुको पेशागत सुरक्षा महत्वपूर्ण विषय भएको बताए। रोग पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने रेडियोलोजिष्टको दरबन्दी सरकारी स्वास्थ्य संस्थाहरुमा अन्यन्त न्यून रहेको उनले बताए।भरतपुर महानगरपालिका स्वास्थ्य महाशाखाका केशव भट्टले पालिकाहरुमा रेडियोलोजिष्ट दरबन्दी सिर्जना गर्नुपर्नेबताए।
नेपाल रेडियोलोजिकल सोसाइटी नेपाल भरिका सम्पूर्ण रेडियोलोजी तथा रेडियोग्राफी स्वास्थ्यकर्मीहरुको छाता संगठन हो।
नेपालमा रेडियोग्राफर तथा रेडियोग्राफी टेक्नोलोजिष्ट गरी चार हजारभन्दा बढी स्वास्थ्यकर्मीहरु नेपाल स्वास्थ्य व्यवसायी परिषदमा दर्ता भइसकेका छन्।देशभरिका सम्पूर्ण रेडियोग्राफी तथा रेडियोलोजी स्वास्थ्यकर्मीरुलाई एकतावद्ध गर्दै व्यावसायिकता प्रवर्द्धन, व्यावसायिक हकहितको सुरक्षा तथा सेवाको गुणस्तर एवं सेवाग्राहीको उपभोक्ता अधिकारको प्रवर्द्धन गर्नु यस संस्थाको मुख्य उद्देश्य रहेको नवनिर्वाचित अध्यक्ष काफ्लेले बताए। काफ्ले चितवनमा सामाजिक कामहरुमा पनि सकृय छन्।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



