

डोटी भूकम्प : २ जना घाइतेलाई हेलिकोप्टरबाट धनगढी लगियो
डोटीमा आएको भूकम्पले घर भत्काउँदा पूर्वी चौकी गाउँपालिका–३ गैरागाउँमा घाइते भएका दुई जनालाई धनगढी रेफर गरेको छ । जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि पूर्वीचौकी–३ की ४० बर्षीया चना बोहोरा र ५० वर्षीया बिष्ना बोहोरालाई नेपाली सेनाको हेलिकप्टरमार्फत धनगढी पठाइएको हो ।
डोटी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन श्रेष्ठले चनाको छातीमा हावा जमेको, चारवटा करङ्ग भाँचिएको र घाँटीको हड्डी भाँचिएको छ । उनको छातीबाट हावा निकाली थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको हो । घाँटीका हड्डी भाँचिएकाले उनको सिटी स्क्यान गर्नुपर्ने अवस्था रहेको डा श्रेष्ठले बताए । यस्तै बिष्नाको हात भाँचिएको छ । अन्य घाइतेहरूको उपचार जिल्ला अस्पताल डोटीमा भइरहेको छ । रासस
समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
२३ घण्टा अगाडि
2.0kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



