

भारतबाट आएकै दिन श्रीमान् खोसिए
डोटीको पूर्वीचौकी गाउँपालिका ३, गैरागाउँकी ४५ वर्षीया विष्नादेवी बोहरालाई दुई वर्षपछि भारतबाट श्रीमान् घर फर्कदा खुसीको सीमा थिएन । जहान परिवार पाल्नकै लागि जीवनको अधिकांश समय मजदुरीमै बिताउने श्रीमान् परिवारसँगै हुँदा घर नै उज्यालो भएको थियो । विडम्बना नियतिले उनको त्यो उज्यालो छिनभरमै अन्धकारमा परिणत भइदियो ।
५० वर्षीय उनका श्रीमान् प्रेम बोहरा मंगलबार बेलुकी मात्रै घर आइपुगेका थिए ।बालबालिकासहित खाना खाएर सुतेका बेला राति आएको भूकम्पले घर भत्किँदा उनका पति प्रेम, छोरी तुल्सीसहित उनी च्यापिन् । छोरी र पतिको भने घटनास्थलमै मृत्यु भयो । माथिबाट खसेको भकारीले छोपिँदा आफ्नो ज्यान बचेको बताइन् । पति र छोरी छेउमै पुरिँदा आफू भने कराउँदै गुहार मागिरहेको बताउँदै उनले भनिन्, ‘म करिब एक घन्टासम्म गुहारिरहें । पछि गाउँले आएर मलाई निकाले । पति र छोरी भने पुरेको पुरियै रहे ।’ एउटै कोठामा रहेका पति र छोरीको मृत्यु भएपछि बाँच्न सफल उनी विछिप्त बनेकी छन् । आजको नागरिक दैनिकमा समाचार छ ।
समाज
थप सामाग्री-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
२२ घण्टा अगाडि
1.7kViews 168 Shares Share on Facebook Share on Twitter काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका–१० स्थित रिठा बजार नजिक आइतबार बिहान…



