

जुम्लामा एक हजार नौ सय ५४ सुरक्षाकर्मी परिचालन
जुम्ला ।
४ मंसिरमा हुने निर्वाचनको तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ। मतदातालाई मतदान गर्न सहज बनाउन सुरक्षाकर्मीहरु खटिएका छन्।
जिल्ला प्रशासन कार्यालय जुम्लाका अनुसार एक हजार नौ सय ५४ जना सुरक्षाकर्मी खटिएका छन् । एक सय ६ मतदान केन्द्र स्थायी र दुई अस्थायी गरी एक सय आठ मतदान केन्द्र र ८६ मतदान स्थल रहेको जुम्लाकी प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले बताइन् । उनका अनुसार एउटा अस्थायी मतदान केन्द्र कर्मचारी र अर्काे कारागारका कैदीबन्दीका लागि राखिएको हो ।कर्मचारी र कारागारमा रहेका कैदीबन्दीले सामानुपातिकतर्फ मात्रै मतदान गर्न पाउने ब्यवस्था छ । जुम्लाको सुरक्षा निकायले पार्टीका कार्यकर्ताहरूको झडप, आपराधिक समूहको गतिविधि, अवैध हातहतियारलाई चुनौतीका रूपमा लिएका छन्। निर्वाचनका लागि जिल्लामा एक हजार नौ सय ५४ हजार सुरक्षाकर्मी परिचालन भएका छन् । जसमा आठ सय ४३ म्यादी प्रहरी, दुई सय २६ नेपाल प्रहरी, चार सय ५० नेपाली सेना र दुई सय ३५ सशस्त्र प्रहरी मतदान स्थलमा खटिएका छन् ।
निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय जुम्लाका प्रमुख महेश शर्माले बताए । उनका अनुसार टाढा रहेका मतदान अधिकृतहरू गइसकेका छन् ।नजिकै रहेका मतदान स्थलहरूका लागि जाने क्रम जारी रहेको छ ।
जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार सबै मतदान स्थलमा सुरक्षाकर्मी बिहीबार पुग्ने बताए । निर्वाचनको लागि आठ सय ३९ कर्मचारी खटाइएको छ ।![]()

समाज
थप सामाग्री-
पूर्व AIG भीमप्रसाद ढकालको सेवा यात्रा: राष्ट्रसेवा, अनुशासन र नेतृत्वको उदाहरण
-
डिआईजी सानुराम भट्टराईद्वारा विशेष सुरक्षा गण कञ्चनपुरको स्थलगत निरीक्षण
-
चितवनमा ट्रक–स्कुटर ठक्कर: दुई युवाको मृत्यु, चालक नियन्त्रणमा
-
आज असार ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल
-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
२४ घण्टा अगाडि
2.0kViews 437 Shares Share on Facebook Share on Twitter नेपाली कांग्रेसका सभापति तथा सांसद गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…



