

हप्तामा दुई पटक यौन सम्बन्ध राख्ने व्यक्तिमा मुटु सम्बन्धी रोगको जोखिम कम – अध्ययन
एजेन्सी । सेक्स मान्छेको अपरिहार्यता हो भन्दा फरक नपर्ला । सेक्सले मान्छेलाई तन्दुरुस्त राख्नमा मद्दतत गर्दछनै त्यसबाहेक शाररिक र मानसिक थकानमा लाभ पनि पुग्ने गर्दछ । यौन सम्बन्ध शारीरिक सुखका लागि मात्रै होइन । यौन सम्बन्धले शारीरिक सुखसँगै मानसिक रुपमा पनि व्यक्तिलाई सहज अवस्था प्रदान गर्छ। यसका विभिन्न स्वास्थ्य फाइदा पनि छन् ।
– मुटु सम्बन्धी रोगको जोखिम कम गर्न यौन सम्बन्ध प्रभावकारी हुने अध्ययनहरुले देखाएका छन् । हप्तामा दुई वा त्यो भन्दा बढी पटक यौन सम्बन्ध कायम गर्ने व्यक्तिमा मुटु सम्बन्धी रोग वा समस्याको जोखिम कम हुन्छ ।
– यौन सम्पर्कका बोला शरीरबाट केही यस्ता हर्मोनहरु बाहिरिन्छन्, जसले शरीरमा रहेका दुखाईहरु कम गर्न सहयोग गर्छ ।
– आरामको निन्द्राका लागि यौन सम्पर्क विशेष लाभदायी हुन्छ । विशेष गरी पुरुषहरु यौन सम्पर्कपछि राम्रोसँग निदाउने गर्छन् ।
– यौन सम्बन्धमा तनावहरुबाट मुक्त गराउन सक्ने क्षमता हुन्छ । यसलाई तनाव मुक्त हुने प्राकृतिक उपायका रुपमा लिने गरिएको छ ।
– यौन सम्बन्ध र मस्तिष्कको क्षमताबिच पनि सकारात्मक सम्बन्ध रहेको छ । यौन सम्बन्धले व्यक्तिको वैचारिक सीप वा क्षमतामा राम्रो प्रभाव पर्ने गर्छ । विशेष गरी पाको उमेरका व्यक्तिमा यस प्रकारको लाभ देखिन्छ ।
– प्रोस्टेटको सुरक्षाका लागि पनि यौन सम्बन्ध फाइदाजनक हुन्छ । बारम्बार बिर्य स्खलन हुँदा प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न सहयोग गर्छ ।
– विभिन्न रोग लाग्ने जीवाणुसँग लड्ने क्षमता बिस्तारमा पनि यौन सम्बन्धको सकारात्मक भूमिका रहन्छ । हप्तामा एक–दुई पटक यौन सम्बन्ध कायम गर्दा व्यक्तिको रोग प्रतिरोधात्मक प्रणाली बलियो बन्छ ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…





