

चीनमा कोरोना संक्रमितले अस्पताल भरिभराउ हुँदै
बेइजिङ : विश्व स्वास्थ्य संगठनले चीनमा कोभिड–१९ को नयाँ लहरले अस्पतालहरू बिरामीले भरिएको बताएको छ । डब्ल्यूएचओका आपतकालीन प्रमुख डा. माइकल रायनले अधिकारीहरूले बिरामीको सङ्ख्या कम रिपोर्ट गर्दै आए पनि सघन उपचार कक्ष (आईसीयू) भरिएको बताए।
चीनको तथ्यांकले बुधबार कोरोनाबाट कसैको मृत्यु नभएको देखाएको बताए पनि यसमा शंका भएको उनको भनाइ छ।
चीनमा कोरोना महामारी बढेसँगै राजधानी बेइजिङ र अन्य सहरका अस्पतालमा पछिल्लो समय बिरामीको संख्या बढेको छ ।
सन् २०२० देखि चीनले तथाकथित शून्य कोभिड नीति अन्तर्गत विभिन्न प्रतिबन्धहरू लगाएको छ।
उक्त नीतिको अर्थतन्त्रमा परेको दुष्प्रभावलाई आधार मानेर सरकारले दुई साताअघि केही नियमलाई खुकुलो पारेको छ ।
त्यसयता कोरोना संक्रमितको संख्या बढेको छ । यससँगै वृद्धवृद्धामा मृत्यु हुनेको संख्या बढ्ने डर पनि उत्पन्न भएको छ ।
चीनको आधिकारिक तथ्यांक अनुसार मंगलबार पाँच र सोमबार दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
डा रायनले चीनलाई कोरोना महामारीको वर्तमान अवस्थाबारे जानकारी दिन आग्रह गरेका छन् ।
उनले भने, ‘चीनमा आईसीयूमा बिरामीको संख्या निकै कम रहेको बताइए पनि यथार्थमा आईसीयू भरिँदै गएको छ । सार्वजनिक स्वास्थ्य र सामाजिक दूरीले मात्रै यो अत्यधिक संक्रामक भाइरसलाई पूर्ण रूपमा रोक्न धेरै गाह्रो हुने हामीले भन्दै आएका छौं।’डा. रायनले जेनेभामा भने, ‘कोरोनाविरुद्धको खोप नै यसबाट बच्ने उपाय हुन सक्छ।’ बीबीसी
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
१३ घण्टा अगाडि
2.1kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



