

यो मलाई तपाईले जीवित देखेको अन्तिम समय हुन सक्छ : भोलोडिमिर जेलेन्स्की
युक्रेनमा रुसले आक्रमण गरेको तेस्रो दिनमै रुसी सेना मिसाईल आक्रमण गर्दै राजधानी किभमा प्रवेश गरेपछि भीषण युद्ध जारी छ । युक्रेनले रुसी वार प्लेन खसाल्नुका साथै ३५ सय बढी रुसी सेना मारेको दाबी गरेको छ । रुसले युक्रेनको २ सय बढी सैन्य अखडाहरु ध्वस्त पारेको दाबी गरेको छ ।
यसैबीचमा अमेरीकाले युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीलाई उद्धार गरेर लैजान गरेको प्रस्ताव अस्वीकार गरेका छन् । उनले आफूले देशका लागि गद्धारी गर्न नसक्ने भन्दै आफूलाई गाडी हैन हतियार चाहिएको बताएका छन् ।
यसै क्रममा उनले भिडियो सन्देशमा आफूलाई युरोप र अमेरीकाले एक्लै युद्धका लागि छाडेको भन्दै भावुकता व्यक्त गरेका छन् । उनले युरोपेली नेताहरुलाई भनेका छन्, यो अन्तिम पटक हुन सक्छ तपाईहरुले मलाई जीवित देखेको ।
अबको केही घण्टाहरुमा रुसले किभलाई नियन्त्रणमा लिन सक्ने आकंलन गुप्तचर एजेन्सीहरुले गरीरहेका छन् ।तीन दिनको युद्धमा हजारौँ मानिसको मृत्यु भएको आशंका गरिएपनि यसको एकिन तथ्यांक आउन बाँकी छ ।
समाज
थप सामाग्री-
झापामा विद्यार्थी बोकेको बस दुर्घटना : १३ जना घाइते, चालक फरार
-
उपत्यकामा ट्राफिकको कडा ‘एक्सन’ : दैनिक सयौँ कारबाही, राजस्वभन्दा सचेतनामा जोड
-
आईजीपी को प्रमुख आतिथ्यमा अपराध अनुसन्धान तालिमका प्रशिक्षार्थीसँग अन्तरक्रिया सम्पन्न
-
द्वन्द्वकालीन गम्भीर अपराधमा कारबाहीको बाटो खुला, सर्वोच्चको परमादेश
-
विदेशी रोजगारीको नयाँ ढोका : युवतीहरूका लागि सुरक्षित र व्यवस्थित अवसर
दिक्पाल छन्दमा ‘सम्झेर प्यार’ : प्रेम, समर्पण र अनुभूतिको गहिरो गजल
५ घण्टा अगाडि
2.3kViews 316 Shares Share on Facebook Share on Twitter काठमाडौं । समकालीन नेपाली गजल क्षेत्रमा नयाँ संवेदनाको सुगन्ध थप्दै गजलकार…



