

हिमाली क्षेत्रमा व्यापक हिमपात, जनजीवन कस्टकर
हुम्ला ।
देशका हिमाली क्षेत्रमा शुक्रबार बिहानैदेखि हिमपात भएको छ ।
कर्णाली प्रदेशका हिमाली जिल्ला, हुम्ला,जुम्ला, डोल्पा,मुगु,र बाजुरामा समेत हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ ।
हिमपातले सडक र हवाई यातायात समेत बन्द भएको छ । हिमपातसँगै किसानहरु भने खुसी भएका छन् । हिमपातले अन्नबाली सप्रिने भएकोले किसानहरु खुसी भएका हुन् ।
बिहीबारदेखि मौसम बदलिई भई शुक्रबार बिहान ४ बजेपछि हुम्ला लगायतका जिल्लामा हिमपात सुरु भएको हो । हिमपातले सिमकोट बजारका पसलहरुका व्यापार ठप्प भएको छ । सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको संख्या निकै कम देखिएको छ । तर, किसानका लागि भने यो हिउँ अमृत समान भएको छ । सिमकोट गाउँपालिका २ निवासी गोरसिहं बोहरा हिउँ किसानका लागि अमृत भएको बताए । “यो वर्ष लामो समय देखि सुख्खा जग्गा जमिन भएकोले यस पटक हिंपातले राम्रो भएको बताए ।, उवा,जौउ,गौउ लगायतका हिउँदेबाली सुकेर नष्ट भइसकेको थियो, यो पटक हिंपातले राहत भएको बताए ।”हिमपातले एक गाउँबाट अर्को गाउँ आवतजावत गर्ने बन्द भएका छन् भने हवाई र सडक यातायात समेत अवरुद्ध भएको छ । हिमपातले कर्णालीका हुम्ला डोल्पा, जुम्ला, मुगु जिल्लामा सञ्चालन हँुदै आएका हवाई सेवा पनि बन्द छन् । नेपालगन्जबाट सिमकोटमा जाने यात्रु नेपागन्ज विमानस्थलमा अलपत्र परेका छन् ।
हुम्लामा गएको कार्तिक महिनाको अन्तिम सातातिर हिमपात भएको थियो । सिमकोट विमानस्थल र हुम्लामा संचालन हुने अन्तरिक सडक समेत बन्द भएको छ । हुम्ला लगायतका उच्चबस्तीका वृद्धवृद्धा र बालबालिकासमेत हिमपातबाट प्रभावित बनेका छन् । यस्तै पशुचौपायाको चरन पनि प्रभावित बनेको छ ।
हुम्लाको नाम्खा गाउँपालिका वडानं ६को लिमीमा १ फिट हिउँ जम्मेको छ । चिसोका कारण हुम्लामा बगिरहेका खोला,पाइपको पानी समेत जमेको छ । धारा तथा पाइपमा समेत पानी जमेपछि हुम्लाको जनजिवन कष्टकर बनेको छ ।
समाज
थप सामाग्री-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
-
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
२५७०औँ बुद्ध जयन्ती : शान्ति, करुणा र सहअस्तित्वको सन्देशसहित विश्वभर भव्य रूपमा मनाइँदै
१० घण्टा अगाडि
2.1kViews 99 Shares Share on Facebook Share on Twitter काठमाडौं । नेपालसहित विश्वभर आज (शुक्रबार) २५७०औँ बुद्ध जयन्ती श्रद्धा, भक्ति…



