पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी

काठमाडौं, १५ फागुन । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा अर्को किटानी जाहेरी लिएर पीडित चितवन पुगेकी छन् । जिल्ला प्रहरी कार्यालय, चितवनमा अर्को किटानी जाहेरी दिन उनी आइतबार आफन्तहरूसहित पुगेकी हुन् ।

प्रहरीका अनुसार उनले लगेको जाहेरीमा ७ चैतमा चितवनको गैंडाकोट रिसोर्टमा सुटिङका बेला जबरजस्ती करणी भएको दाबी गरिएको छ । ‘एकदिनमा सकिने काममा जबरजस्ती करणी गर्ने उद्देश्यले थप एक दिन बस्न शाहले लगाएका थिए’ जाहेरीमा भनिएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख एसपी नवराज अधिकारीका अनुसार जाहेरीमा उल्लेख भएका विवरण अध्ययनपछि मात्रै दर्ता हुने/नहुने टुंगो हुनेछ । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । तर, उनी फरार भएका थिए ।

आइतबार शाह आफैं तनहुँ प्रहरीमा हाजिर भएका छन् । उनी हाजिर भइसकेपछि चितवनमा जाहेरी दर्ता हुन लागेको हो ।

‘जाहेरीको विवरण हेरेर सरकारी वकिलसँग राय लिन्छौं’ एसपी अधिकारीले भने, ‘दर्ता गरेर प्रक्रिया अघि बढाउन मिल्ने भए जाहेरी लिएर अनुसन्धान गर्छौं ।’

जिल्ला प्रहरी कार्यालय, तनहुँले चाहिँ शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा अनुसन्धानका लागि अदालतबाट म्याद थप गर्ने तयारी गरेको छ ।

Facebook Comments Box
जनकपुरधामलाई विवाह गन्तव्य बनाउने सरकारको घोषणा, पर्यटन प्रवर्द्धनमा जोड
१ दिन अगाडि

1.3kViews 147 Shares Share on Facebook Share on Twitter जनकपुरधाम । संघीय सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ऐतिहासिक, धार्मिक तथा…

TOP
Shares