

अवैध लागुऔषध सहित पक्राउ
सुर्खेत बैशाख १ । वीरेन्द्रनगर नगरपालिका-९ काँक्रेविहारस्थित सडकबाट करिब ९ ग्राम ७ सय ७० मिलिग्राम अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद ७ हजार ४ सय ६० रूपैयाँ सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर नगरपालिका-३ बस्ने २० वर्षीय नर बहादुर बुढा र सोही नगरपालिका-९ बस्ने १९ वर्षीय सुरेन्द्र बुढा रहेका छन् । उक्त स्थानमा अवैध लागुऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सिरहा, लहान नगरपालिका-१ लोकतन्त्र चोकबाट नियन्त्रित लागुऔषध नाईट्राभेट ३ सय ट्याब्लेट सहित सोही नगरपालिका-११ बस्ने २१ वर्षीय दिपेश चौधरीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१८ फोरलाईनस्थित सडकमा को.१ च ५३०१८ नम्बरको पिकप भ्यानबाट करिब १ सय २० केजी अवैध लागुऔषध गाँजा, ५ सय ५४ केजी अदुवा र ४५ केजी धानको भुस बुधबार राति प्रहरीले बरामद गरेको छ । उक्त स्थानमा पिकप भ्यान रोकी चालक फरार भएपछि ईलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको प्रहरीले भ्यान तालसी गर्दा उक्त परिमाणको गाँजा, अदुवा र धानको भुस फेला पारी बरामद गरेको हो । हाल फरार भ्यानका चालकको प्रहरीले खोजी गरिरहेको छ ।
पर्सा, सखुवाप्रसौनी गाउँपालिका-५ बलवाटोल बस्ने बिर्जा पटेलको घरबाट वेवारिसे अवस्थामा रहेको करिब ३ केजी अवैध लागुऔषध गाँजा बुधबार राति प्रहरीले बरामद गरेको छ । पटेलको घरमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी महुवान पर्साबाट खटिएको प्रहरीले उनको घर तालसी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार पटेलको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१७ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



