

सडकबाट ५५ बालबालिकाको उद्दार
काठमाडौं, ३ वैशाख
काठमाडौं उपत्यकाबाट ५५ जना सडक बालबालिकाको उद्दार गरिएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद बालबालिका खोजतलास समन्वय केन्द्रको समन्वयमा प्रहरीले उनीहरुको उद्दार गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले नगर प्रहरी कार्यालय तथा प्रहरी बृत्तहरुबाट संयुक्त रुपमा प्रहरी परिचालन गरी सडक पेटीमा बसी माग्दै हिँड्ने बालबालिको उद्दार गरिएको हो ।
उनीहरुले सडक यात्रुहरुसँग माग्दै हैरानी दिनुका साथै आवागमनमा समेत अवरोध पुर्याउदैं आएका थिए । ३३ जना बालक र २२ जना बालिका गरी ५५ जनाको उद्दार गरी बालबालिका खोजतलास समन्वय केन्द्र भृकुटीमण्डपमा बुझाइएको हो ।
आफ्ना बालबालिकाहरुको उचित हेरचाह, लालन-पालन, रेखदेख गर्न सबै अभिभावकमा जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध गरेको छ ।
सडक पेटीमा बालबालिकाहरुलाई छाडी माग्न लगाई सडक पेटीमा हिड्ने पैदल यात्रुहरुलाई हैरानी दिई आवागमनमा बाधा अवरोध पुर्याउने कार्यमा संलग्न गराएको पाइएमा प्रचलित ऐन, कानून बमोजिम कारवाही गरिने समेत प्रहरीले चेतावनी दिएको छ ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
१५ घण्टा अगाडि
2.3kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



