

रुपन्देही भन्सारका कर्मचारी द्वारा अवैधानिक क्रियाकलाप : व्यापक ब्रम्हलुट
रुपन्देही । भन्सार कार्यालय भैरहवामा नक्कली प्रज्ञापन पत्र प्रयोग गरेको र स्वघोषणा विपरीतका सामान भेटिएका छन् । नक्कली प्रज्ञापन पत्र प्रयोग गरेका ट्रकका ट्रक सामान धमाधम बरामद भए पनि मुख्य तस्कर भने अझै पक्राउ परेका छैनन् । पछिल्लो साढे तीन महिनामा मात्रै नक्कली प्रज्ञापन पत्र प्रयोग गरेको र स्वघोषणा विपरीतका सामान भेटिएपछि ७ वटा ट्रक सामानसहित भन्सारले नियन्त्रणमा लिएको छ । यसले भन्सारमा विगतदेखि नै यस्ता अवैधानिक क्रियाकलाप हुँदै आएको तथ्यलाई थप बल पुर्याउँदै लगेको छ ।
भन्सार कार्यालयले भदौ ७ देखि १२ गतेसम्म ५ दिनको अन्तरालमा ५ वटा मालबाहक ट्रक सामानसहित नियन्त्रणमा लिएको छ । भन्सार प्रवेश गर्दा गरिने स्वघोषणामा भन्दा अर्कै सामान ट्रकमा रहेको सूचना भन्सार समक्ष पुगेपछि बल्ल भन्सारले ट्रक नियन्त्रणमा लिएको हो । भदौ ७ गते ना ५ ख ३३५ र युपी ५३ जीटी ०५७८ नम्बरको ट्रक भन्सार परिसरबाटै नियन्त्रणमा लिइएको थियो । भन्सार प्रवेश गर्दा यी ट्रकले प्लास्टिकका दाना ल्याएको भनेर स्वघोषणा गरेका थिए । तर, नियन्त्रणमा लिएर चेकजाँच गर्दा दुई करोड बराबर मूल्यको कपडा र काजु भेटियो ।यस्तै, भदौ १० गते दुई भारतीय नम्बर प्लेटका ट्रकले औषधिका कच्चा पदार्थ भनेर भित्र्याएका समान जाँच गर्दा कपडा र जुत्ता चप्पल ल्याएको भेटियो । भदौ १२ गते पनि भारतीय ट्रकले मेडिकल पाउडर भनेर कपडा भित्र्याएको भेटियो । गत जेठ ६ मा भारतीय नम्बरको ट्रकले माछा र असार २५ गते भारतीय नम्बरकै ट्रक नक्कली प्रज्ञापनपत्र बनाएर भन्सार जाँचपास गरी बाहिर निस्कन लागेका बेला पक्राउ परे । यी सबै ट्रकलाई नियन्त्रणमा लिएर अहिले अनुसन्धान भइरहेको छ । भन्सार कार्यालयका अनुसार नक्कली प्रज्ञापनपत्रबाट माछा र प्याज भन्सार पास गराउन खोज्ने १६ जना विरुद्ध मुद्दा चलिरहेको छ । दुईजना फरार छन् । अनुसन्धानका क्रममा भन्सारमै रहेको बाणिज्य बैंकका कर्मचारी, भन्सार एजेन्ट र भन्सारको पार्किङ, गाडी भित्र पस्दा र बाहिर निस्कँदा जाँचबुझ गर्ने जिम्मेवारी पाएको अन्नपूर्ण टर्मिनल्स् प्रालिका कर्मचारीको संलग्नता पाइएको थियो । अधिकांश घटनामा एउटै गिरोहको संलग्नता देखिएको छ ।भन्सारका का अनुसार चितवनका राजु थापा मुख्य तस्करको नाइके रहेको खुलेको छ । फरार रहेका थापाविरुद्ध अहिले वारेन्ट जारी गरी खोजी भइरहेको छ । विगतमा भैरहवामा ट्याक्सी चालकको काम गर्दै आएका थापाले भन्सारबाट ट्रकका ट्रक कपडा पास गराउँदै आएका छन् । उनी विगतदेखि नै ठूलो संजाल बनाएर तस्करीको गिरोहमा संलग्न हुँदै आएको अनुसन्धानबाट खुलेको भन्सार स्रोत बताउँछ ।राजुले नेपालका अधिकांश भन्सारबाट नक्कली प्रज्ञापन पत्र र कमसल वस्तु ल्याएको स्वघोषणा गरी कपडा, जुत्ताचप्पल तस्करी गर्दै आएका छन् । उनले भारतीय तस्करदेखि प्रहरी र भन्सारसम्म तथा नेपालतर्फ भन्सार कार्यालय, प्रहरी–प्रशासन, राजश्व अनुसन्धान,भन्सार विभागदेखि अर्थ र गृह मन्त्रालयसम्म नै आफ्नो संजाल विस्तार गरेर अवैध काम गर्दै आएको भन्सार अधिकृतहरुको दावी छ ।
समाज
थप सामाग्री-
भारतमा “मे” महिनाभरि तीव्र उष्णलहरको चेतावनी, जनजीवन प्रभावित हुने संकेत
-
प्रधानमन्त्री शाहको बुद्ध जयन्ती सन्देशप्रति रक्षा बमको फरक धारणा
-
जग्गा धितो रोक्का–फुकुवा अब अनलाइनबाट, मालपोत धाउनु नपर्ने
-
पेट्रोल र डिजेल सस्तो, एलपी ग्यास तथा हवाई इन्धन महँगियो
-
बल्खुमा डोजर अभियान सुरु, सुकुमबासी व्यवस्थापनमा सरकार सक्रिय
वंशीघाट सुकुम्बासी बस्तीमा डोजर : कडा सुरक्षा, स्थानीय त्रसित
१३ घण्टा अगाडि
2.5kViews 102 Shares Share on Facebook Share on Twitter काठमाडौँ । काठमाडौँ महानगरपालिका–टेकुस्थित वंशीघाटमा रहेको सुकुम्बासी बस्तीमा आज डोजर चलाइएको…



