

हुण्डीदेखि मिटर व्याज र ढुकुटीसम्मको कारोबार गर्नेसुभाष अग्रवालको नाङ्गो नाच
काठमाडौं । हुण्डीदेखि मिटर व्याज र ढुकुटीसम्मको कारोबार गर्ने इन्द्रचोकका सुभाष अग्रवालले ३ दर्जन बढी सहकारी र कयौं व्यक्तिलाई अरबौं रकम मिटर व्याजमा लगानी गरेको पाइएको छ । उनले मोबाइल बचत तथा ऋण सहकारीमा झण्डै ३ करोड पचास लाख, स्रोता पिपल बचत तथा ऋण सहकारीमा १ करोड, मेगा पावर बचत तथा ऋण सहकारीमा २ करोड पचास लाख, सर्वश्री वचत तथा ऋण सहकारीमा ५० लाख, स्वजन बहुउद्देश्यीय सहकारी संस्थामा ५० लाख, युवा विकास सहकारीमा ५० लाख, पानी ट्यांकी बहुउद्देश्यीय सहकारी संस्था लि. झण्डै ८० लाख, आरोमा सहकारी संस्थामा ६० लाख, लिवर्टी बचत तथा ऋण सहकारी संस्थामा १ करोडभन्दा बढी रुपैयाँ मिटर व्याजमा लगानी गरेका छन् । उनले कागजमा एक थरी व्याज र भित्रीरुपमा अर्को थरी व्याजको सहमति गरी मिटर व्याजमा रकम लगानी गरेका छन् । यस्तै, उनले विश्वास बहुउद्देश्य सहकारी संस्था, ओटु गुडविल, सल्लाघारी तथा अन्य सहकारीहरुमा समेत करोडौं रकम मिटर व्याजमा लगानी गरेका छन् ।
समाचार स्रोतका अनुसार, उनले झण्डै ३ दर्जनभन्दा बढी सहकारीमा लगानी गरेका छन् । उनले सहकारी संस्थामा मात्र हैन व्यक्तिलाई समेत करोडौं रकम मिटर व्याजमा लगानी गरेका छन् । काठमाडौं इन्द्रचोकबाट असन आउने बाटोको समर बिल्डिङमा सामान्य पसलरुपी अफिसबाट उनले यस्तो धन्दा सञ्चालन गरिरहेका छन् । प्रिन्सी कस्मेटिकको आवरणमा सुभाषले अवैध हुण्डीदेखि मिटर व्याज र ढुकुटीसम्मको कारोबार विगत लामो समयदेखि गर्दै आएका छन् । सुभाषले आफ्ना निकट व्यक्तिहरुलाई पनि सहकारीमा पैसा राख्न लगाएर कमिसनसमेत खाने गरेको राजीव अग्रवाल (नाम परिवर्तन)ले बताए ।
सुभाषले मिटर व्याजमा कहाँ–कहाँ लगानी गरेका छन् ? उनले सम्पत्ति ककसको नाममा राखेका छन् ? उनको सम्बन्ध को–कोसँग छ ? यो विषय रहस्यिक छ
सुभाषले सहकारीमा राखेको रकमको व्याज देखावटीरुपमा १३ देखि १९ प्रतिशत र भित्रीरुपमा ४० प्रतिशतसम्म व्याज लिने गरेको एक सहकारीका सञ्चालकले नयाँसडकलाई बताए । उनले सहकारीमा आफ्नो, छोरा प्रिन्स, छोरी प्रिन्सी तथा श्रीमती सुनिताको नाममा मिटर व्याजमा लगानी गरेको बताइन्छ । सुभाषले मिटर व्याजमा कहाँ–कहाँ लगानी गरेका छन् ? उनले सम्पत्ति ककसको नाममा राखेका छन् ? उनको सम्बन्ध को–कोसँग छ ? यो विषय रहस्यिक रहेको राजन अग्रवाल (नाम परिवर्तन)ले बताए । गत वैशाख २६ गते नयाँसडकले ‘काठमाडौंको इन्द्रचोकस्थित आकाश भैरवको काखैमा सुभाष अग्रवालको अवैध काम, हुण्डीदेखि मिटर व्याज र ढुकुटीसम्मको कामबाट अरबौं दाम’ भन्ने शीर्षकमा सुभाषका कर्तुतबारे समाचार प्रकाशन गरेपछि पत्रिका र त्यसका सम्पादकलाई तथानाम गाली–गलौज र अपशब्द प्रयोग गर्दै बजारमा हिँडेका सुभाषको कारोवारले लहरो तान्दा पहरो गर्जने निश्चित छ । अवैध कामको भण्डाफोर हुन लागेपछि ‘पत्रिका र त्यसका सम्पादकलाई ठीक पार्छु’ भन्दै हिँड्ने सुभाषको हर्कत कहालीलाग्दो छ । सुभाषले विगत लामो समयदेखि प्रमुख व्यापारिक केन्द्रमा बसेर अवैध काम गरिरहँदा पनि सरकार भने बेखबर छ ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१५ घण्टा अगाडि
1.3kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



