

कल बाइपास संचालन गरेको अभियोगमा पक्राउ
पर्सा असार ८। वीरगंज महानगरपालिका-२ स्थितबाट कल बाइपास (भिओआईपि) संचालन गरेको अभियोगमा भारत उत्तर प्रदेश जौनपुर थाना बादशाहपुर ग्राम टेलाकुवा ठेगाना भएका ३८ वर्षीय ईरफान सुफियान खानलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
खानले वीरगंजस्थित भाडाको घरमा ईलेक्ट्रोनिक मेसिनहरू जडान गरी गैरकानूनी ढंगबाट राजश्व चुहावट गर्दै कल वाइपास सेन्टर संचालन गरेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साईबर ब्यूरो तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले घर तलासी गर्दा कल वाइपासमा प्रयोग भएका विभिन्न सामानहरू फेला पारी उनलाई पक्राउ गरेको हो । उनको कोठाबाट ३२ पोर्टको भिओआईपि गेटवे १ थान, राउटर २ थान, ईन्भटर १ थान, नेपाल टेलिकमको सिमकार्ड ४० थान र एनसेलको सिमकार्ड ५८ थान प्रहरीले बरामद गरेको छ ।
उनी उपर दूर सञ्चार ऐन, २०५३ अन्तर्गतको कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको बताएको छ । 
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१५ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



