

प्रहरीकै पैसा मिटर व्याजमा लगाउने ‘किलो वान’ !
काठमाडौं । पछिल्लो समयमा ‘मिटर ब्याज’को अवैद्य धन्दा मौलाएको छ । कम लगानी गरेर छोटो समयमा धेरै कमाउने लोभले मिटर ब्याजमा लगानी गर्ने धन्दा मौलाउँदा सामाजिक र आर्थिक अपराधको जोखिम बढेको छ ।
‘मिटर ब्याज’को अवैद्य धन्दा रोक्ने पहिलो काम नेपाल प्रहरीको हो । तर केही प्रहरीका उच्च अधिकारीहरु नै ‘मिटर ब्याज’को अवैद्य धन्दा संग्लन भएको भन्दै पिडितहरु गृहमन्त्रालयमा पुगेका छन् । प्रहरीको एसएसपीदेखि डीएसपीसम्मको पैसा ‘मिटर ब्याज’मा लगाइदिने मिटर व्याजी हुन्, राजु अवाले । काठमाडौं–३२ कोटेश्वर स्थायी घर भई हाल ललितपुर बस्दै आएका अवाले प्रहरी अधिकारीहरुको पैसा ‘मिटर ब्याज’ लगाइदिने र पैसा नउठेपछि तिनै प्रहरीको शक्ति प्रयोग गरेर अशुल्ने गरेका हुन् ।अवालेले कोटेश्वर र पाटनमा दुईवटा रेष्टुरेन्ट सञ्चालन गरेका छन् । त्यही रेष्टुरेन्टमा बसेर ‘मिटर ब्याज’को धन्दा चलाउने गरेका छन् । अवालेले आफै र प्रहरी अधिकारीहरु प्रयोग गरेर ‘मिटर ब्याज’को पैसा अशुल्न थालेपछि पिडितहरु गृहमन्त्रालय, प्रहरी प्रधान कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालयसम्म गुनासो बोकेर पुगेका छन् ।अवालेले वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम ज्ञवाली, उपत्यका अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्ण पङ्गेनी, प्रहरी नायब उपरीक्षक (डीएसपी)हरु काजीमान आचार्य, तिलक भारती लगायतको पैसा ‘मिटर ब्याज’ लगाउने गरेको स्रोतको दाबी छ । त्यसो त अवालेको बसाई नै उपत्यकाका प्रहरी कार्यालयमा हुने गरेको छ । प्रहरीले प्रयोग गर्ने कलसाइन कोड मार्फत बोल्ने गरेका छन् । जस्तो ललितपुरको प्रहरी प्रमुखको कलसाइन हो, ‘पापा वान’ । एक पिडितले भने, ‘कहिले ‘पापा वान’, कहिले ‘किलो वान’ त कहिले ‘ब्राबो वान’सँग छु भनेर धम्काउँछन् । उनलाई काठमाडौँका महानगरी वृत्तहरुको हाकिमको कलसाइन पनि थाहा छ ।’त्यसो त अवाले विरुद्ध विभिन्न मुद्दा पनि प्रहरीमा रहेको बताइन्छ । गत ५ भदौ २०७८ मा यौन व्यवसाय चलाएको आरोपमा पक्राउ गरेको थियो । उनी सहित ९ जना विरुद्ध १७ भदौ २०७८ मा ललितपुर प्रहरीले अदालतमा मानव बेचबिखन तथा ओसारपसार मुद्दा हालेको छ ।तर उनै आरोपी अवाले मिटर ब्याज’को एउटा केश लिएर १३ माघ २०७८ मा उपत्यका अनुसन्धान महाशाखाका प्रहरी उच्च अधिकारीसँग बैठक गर्न उपत्यका अनुसन्धान महाशाखाका कार्यालय पुगेका थिए । स्रोत भन्छ, ‘अवाले राज्यको नजरमा अहिले अपराधी हो । तर उनै अवालेले अपराधी उपत्यका अनुसन्धान महाशाखाका प्रहरी उच्च अधिकारीसँग बैठक गर्छन् । यदि प्रहरी प्रधान कार्यालयले छानविन गरेर हेर्यो भने प्रमाणित हुन्छ । दिनभर उपत्यका अनुसन्धान महाशाखामा बसेर बैठक गरेका छन् ।’ दृष्टि साप्ताहिकमा खबर छ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
११ घण्टा अगाडि
2.2kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



