

बाघको आक्रमणबाट एकजना घाइते
रौतहट : बाघको आक्रमणबाट रौतहटमा एक युवा घाइते भएका छन्। मंगलबार दिउँसो चन्द्रपुर नगरपालिका वडा नं ५ घर भएका युवकलाई घाँस लिन जंगल जाँदा बाघले आक्रमण गरेको हो।
२२ वर्षीय प्रदिप चौधरीलाई बाघले आक्रमण गरी घाइते बनाएको रंगपुर साझेदारी वन उपभोक्ता समितिका अध्यक्ष जितेन्द्र चौधरीले जानकारी दिएका छन्। चौधरीको हात र पेटमा चोट लागेको छ।गतवर्षको बाघ गणनामा जिल्लाको बन क्षेत्रमा ४ वटा बाघ फेला परेको थियो। बिगत ६ महिनामा आक्रमणबाट १ जनाको मृत्यू भएको छ भने ५ जना घाइते भएका छन्। पर्सा, बारा, मकवानपुर र रौतहटको बन क्षेत्रमा क्यामरा ट्रयापिङ गरिएको हो।
यहि माघ ४ गतेदेखि सुरु भइ १५ दिनसम्म रौतहटको बनमा क्यामरा जडान हुने बन कार्यालयले जनाएको छ। उक्त अवधिमा वनक्षेत्रमा प्रवेश निषेध गरिएको बन कार्यालयले जनाएको छ। बाघ गणनाका लागि ठाउँ ठाउँमा क्यामरा जडान भएको हुँदा सो क्यामरा नचलाउन समेत आग्रह गरिएको छ।गत वर्ष पनि रौतहटको बनमा क्यामरा जडान गरि बाघको गणना गरिएको थियो। रौतहटमा ४ वटा वस्यक बाघ भेटिएको थियो।
गत आवमा पनि बाघ गणना गर्न रौतहटमा धन्सर खोला पूर्व, गैंडाटार, जुडिबेला, चोचा, सिम्री , नुनथर लगाएतका बनक्षेत्रमा १७ जोर क्यामेरा जडान गरिएको थियो । यस बर्ष पनि बाघको आवतजावत हुने सम्भावित क्षेत्रमा क्यामरा जडान गरिएको रौतहटका डिएफओ अमरदेव यादवले जनाएका छन्।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
११ घण्टा अगाडि
2.2kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



