

भारी वर्षका कारण झापाका अधिकांश स्थान डुवानमा
भारी वर्षाका कारण झापाका अधिकांश स्थान डुवानमा परेको छ । सोमबार रातिबाट आएको अविरल वर्षाले झापाका अधिकांश क्षेत्र डुवानमा परेको रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएको छ ।जिल्लाका कनकाई माई, बिरिङ रतुवा, मेची, कमल, बनियानीजस्ता साना–ठूला नदीको बहाव बढेको छ । केही नदी गाउँ पसेका छन् । नदी कटान तीव्र भएकाले नदी गाउँमा पस्ने खतरा रहेको उनलदे बताए । ‘राजमार्ग दक्षिणका अधिकांश भू–भाग ढुवानमा छ । विस्थापितको संख्या कम भए पनि हजारौं घर ढुवानमा परेका छन्,’ ढकलालले भने, ‘केही नदी बस्तीमा पर्ने खतरा छ ।’झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले अधिकांश नदी बस्तीमा पस्ने खतरा रहेकाले सतर्क रहन आग्रह गरे । उनले हालसम्म गौरीगञ्ज–१ महाभारामा ४ घर विस्तापित भएको बताए । बाँकी ठाउँबाट विस्तापित भएको सूचना नआएको उनको भनाइ छ । ‘गौरीगञ्ज–१ मा चार घर विस्तापित भएका छन् । केही ठाउँमा नदीले कटान सुरु गरेको छ,’ उनले भने, ‘उद्धारका लागि सुरक्षा निकायको टोली तैनाथ राखेका छौँ ।’
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१५ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



