पूर्वी तराईमा बाढीको वितण्डा

दर्जनौं परिवार विस्थापित, तटीय क्षेत्र जोखिममा

प्रदेश १ मा अविरल वर्षा हुँदा स्थानीयवासी बाढी र डुबानको चपेटामा परेका छन्। पूर्वी तराईका जिल्ला मोरङ, सुनसरी र झापा प्रभावित भएका छन्। दर्जनौं परिवार विस्थापित बनेका छन्। भौतिक संरचनामा क्षति पुगेको छ। मोरङमा एक जनाको मृत्यु भएको छ। मंगलबार बिहानदेखि निरन्तर वर्षा हुँदा खोलाको जलस्तर बढेर विगतजस्तै समस्या निम्तिएको हो।

विराटनगर महानगरपालिकासहित मोरङका आठ स्थानीय तह नराम्ररी प्रभावित भएका छन्। १ सय ४४ परिवार विस्थापित भएका छन्। उनीहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ। बाढी र डुबानका कारण विस्थापित हुनुपर्ने समस्या वर्षौदेखि कायमै रहेको बताउँछन् विराटनगर–१८ का शम्भुकुमार यादव। चुनावका बेला घर–घरमा भोट माग्न आएका स्थानीय नेता, कार्यकर्ता यो बेला बेखबर बनेको गुनासो उनको छ।

केराबारी गाउँपालिका–९ बेलचौरीस्थित तुर्के खोलाको निर्माणाधीन पुलको आधा भाग बाढीले बगाएको छ। विराटनगर–८ स्थित जिल्ला कारागार मोरङ पछाडि बसोबास गर्दै आएका २५ घरपरिवार विस्थापित भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। घिनाघाट–विराटचौक सडक ग्रामथानको खुनियाकट्टामा सडक अवरुद्ध भएको छ।

भलुवा खोलाको बाढी पसेर कानेपोखरी–६ का तेजबहादुर दर्जीले पालेका ७ वटा सुँगुर पाठा बगाएको छ। प्रहरीका अनुसार बेलबारी–६ मा खैटे खोलाले विस्थापित आठ परिवार आफन्तकहाँ बसेका छन्। सुनवर्षी–६ मा बक्राहाले बाँध कटान गर्न थालेपछि खोला बस्तीमा पर्ने जोखिम बढेसँगै रोकथामको प्रयास भइरहेको डीएसपी श्रेष्ठले बताए।

बूढीगंगा गाउँपालिका–२ स्थित विराट शिक्षण अस्पतालको आकस्मिक सेवा डुबानका कारण अवरुद्ध भएको छ। सोही वडाको खाप टोलमा सिंघिया खोलाको बाढी पस्दा २६ परिवारका १ सय १५ जना विस्थापित भएका छन्।

कटहरी गाउँपालिका–१ टाइगर टोलमा सिंघियाको बाढी पस्दा ६० घर डुबानमा परेका छन्। डुबानबाट पीडित बनेका २ सय ५० जनालाई स्थानान्तरण गरिएको छ। विराटनगरका १, २, ४, ५, ६, ७, ८, ११, १२, १४, १६, १८ र १९ सहित १३ वडाका ५ हजार ७ सय ७५ स्थानीय बासिन्दा बाढीको उच्च जोखिममा रहेको महानगरपालिकाले जनाएको छ।
विपद् व्यवस्थापनका निम्ति विनियोजन हुने वार्षिक बजेट सही ठाउँमा खर्च हुन नसक्दा समस्या समाधान हुन नसकेको सरोकारवाला बताउँछन्। विराटनगर–२ का जगदीश कामत भन्छन्, ‘सरकारले ध्यान नदिँदा हामी बर्सेनि बाढी र डुबानबाट प्रताडित हुनुपरेको छ। आखिर हामीलाई सम्झिने भनेको भोट माग्ने बेलामा मात्रै त हो।’५ वर्षअघि पनि २०७४ साउन २८ गते आएको बाढीले मोरङका अधिकांश स्थानीय तह नराम्ररी प्रभावित भएका थिए। त्यसयता बाढी तथा डुबानको समस्या समाधानका लागि दीर्घकालीन उपायको खोजी हुन सकेन। मोरङका १७ स्थानीय तहमध्ये प्रदेश राजधानीसमेत रहेको विराटनगरमा सर्वाधिक क्षति पुर्‍याउने गरेको छ। विराटनगरको पूर्वमा सिंघिया र पश्चिममा केसलिया खोला छन्। यी दुवैमा आएको बाढी ‘ओभरफ्लो’ भएर विराटनगरका घर–घरमा पुग्ने गरेको छ। विगतको अनुभवबाट पाठ सिक्दै महानगरले बाढीको जोखिममा रहेका नागरिकको उचित व्यवस्थापनमा विशेष  पहल गर्नुपर्ने भए पनि त्यसो हुन नसकेको पूर्वशिक्षक केशव अधिकारी बताउँछन्। महानगरपालिकाले जोखिममा रहेका घर तथा बस्ती स्थानान्तरण गर्ने, जनता आवास योजनाअन्तर्गत उनीहरूलाई जोखिममुक्त ठाउँमा बसोबासको व्यवस्था मिलाउनेलगायतका कार्यक्रम अघि सारेको थियो। तर, कार्यान्वयन हुन नसकेको अधिकारीको भनाइ छ। विराटनगर–१ का अनिल पोदार भन्छन्, ‘तटबन्ध निमार्णमा सरकारको चासो छैैन। निमार्ण गरिएको ठाउँमा पनि झारो टार्ने कार्य मात्र भएको छ। बाढी आएपछि त्रिपालको सहारामा रात बिताउनुपर्ने अवस्था छ।’केसलियाले २०७७ सालमा पनि धार परिवर्तन गर्दा विराटनगरको दक्षिणी भेग डुबानमा परेको थियो। विराटनगर–६ डम्पिङ साइटको उत्तरबाट नदीले धार परिवर्तन गर्दा वडा नम्बर ११ , १२ , १६ र १५ का बासिन्दा प्रभावित भएका थिए। यसपटक पनि सिंंघिया र केशलियाको बाढीले विराटनगरका विभिन्न भाग डुबानमा परेका छन्। प्रशासनको आँखा छलेर खोलामा हुने अवैध उत्खननका कारण खोलाले धार परिवर्तन गर्ने गरेको स्थानीयवासीको गुनासो छ। खोलानाला तथा बाढी नियन्त्रणमा महानगर सक्रिय भए पनि महानगरको बजेटले मात्रै समस्याको दीगो समाधान सम्भव नरहेको बताउँछन् महानगरको वातावरण तथा विपद् व्यवस्थापन महाशाखा प्रमुख राजेन्द्र प्रधान। ‘बाढीका कारण हुने जनधनको क्षति न्यूनीकरणका निम्ति आवश्यक स्रोतसाधनसहित नगर प्रहरी उद्धार कार्यका सक्रिय छ,’ प्रधान भन्छन्, ‘तर, यसले मात्रै समस्याको दीगो समाधान सम्भव छैन। प्रदेश सरकारको सहयोग पनि आवश्यक छ।महानगरपालिकाले विपद् व्यवस्थापन ऐनबमोजिम संकटासन्न क्षेत्रलक्षित उद्धार कार्य गरिरहेको छ। विपद् व्यवस्थापन नीति, विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको आधारमा नक्सांकनअनुसार जोखिम र क्षति न्युनीकरणमा महानगर सक्रिय रहेको प्रधान बताउँछन्। होचो भु–भागका जनतालाई यथोचित बासस्थानको व्यवस्था मिलाउन र जनधनको सुरक्षा गर्न महानगरको टीम फिल्डमै रहेको दाबी उनी गर्छन्। महानगरपालिकाले विपद् व्यवस्थापन ऐनबमोजिम संकटासन्न क्षेत्रलक्षित उद्धार कार्य गरिरहेको छ। विपद् व्यवस्थापन नीति, विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना र विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको आधारमा नक्सांकनअनुसार जोखिम र क्षति न्युनीकरणमा महानगर सक्रिय रहेको प्रधान बताउँछन्। होचो भु–भागका जनतालाई यथोचित बासस्थानको व्यवस्था मिलाउन र जनधनको सुरक्षा गर्न महानगरको टीम फिल्डमै रहेको दाबी उनी गर्छन्। मोरङ प्रशासनले पनि तटीय क्षेत्रका बासिन्दालाई सुरक्षाको प्रत्याभूति दिलाउन भूमिका खेलिरहेको प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल बताउँछन्। स्थानीय पालिकाहरूसँगको समन्वयमा विस्थापितको व्यवस्थापन भइरहेको उनको भनाइ छ। ‘सुनसरीमा विपद् व्यवस्थापन सम्बन्धी सामाग्रीको भण्डारण केन्द्र छ। त्यहाँबाट पनि हामीले केही त्रिपाल र म्याटे«सहरू माग गरेका छौं। आइसकेपछि अत्यावश्यक ठाउँमा पठाउने तयारी भइरहेको छ। प्रदेश सरकारसँग पनि समन्वय भइरहेको छ,’ दाहाल भन्छन् गृह  मन्त्रालयले पनि विपद् व्यवस्थापनका निम्ति भनेर ७ लाख पठाएको छ। उक्त रकम पर्याप्त नभए पनि केही राहत भने हुने अपेक्षा गरेका छौं। थप निर्णयका लागि बैठक राखेर विपद् व्यवस्थापन प्रतिकार्य योजनाबारे छलफल गर्छौँ।’  मन्त्रालयले पनि विपद् व्यवस्थापनका निम्ति भनेर ७ लाख पठाएको छ। उक्त रकम पर्याप्त नभए पनि केही राहत भने हुने अपेक्षा गरेका छौं। थप निर्णयका लागि बैठक राखेर विपद् व्यवस्थापन प्रतिकार्य योजनाबारे छलफल गर्छौँ।’ प्रजिअ दाहालका अनुसार निरन्तरको वर्षाका कारण साँझसम्ममा मोरङमा विराटनगरबाहेक ग्रामथान–१, कानेपोखरी–६, बेलबारी–६, सुनवर्षी–६, बूढीगंगा–२ र कटहरी–१ का ११९ परिवार विस्थापित भएका छन्। वर्षा जारी रहेको र खोला तथा नदीको जलस्थल बढ्ने सम्भावना रहेका कारण सावधानी अपनाउन सबैमा आग्रह गरिएको उनको भनाइ छ। मोरङको सुन्दरहरैँचा नगरपालिका–३ आइतबारेस्थित गछिया खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। सुन्दरहरैँचा नगरपालिका–६ सिसौघारीका ५८ वर्षीय रामबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ। खोलाले

बगाउँदै गरेको अवस्थामा विकको शव मंगलबार बिहान भेटिएको हो। प्रहरीका अनुसार विक सोमबार साँझदेखि हराइरहेका थिए।

त्यस्तै वर्षाका कारण सुनसरीको इटहरी उपमहानगरपालिका जलमग्न भएको छ। पानीको निकास नहुँदा मुख्य बजार क्षेत्र र विभिन्न बस्ती डुबानमा परेका छन्। सोमबार रातिदेखिको वर्षाका कारण ट्यांग्रा खोला र खती खोलामा आएको बाढी बस्तीमा पसेको हो। जसकारण कोसी लोकमार्गअन्तर्गत इटहरी–विराटनगर सडकमा डुबान हुँदा यातायातका साधन सञ्चालनमा समस्या भएको छ। इटहरीको साथी पेट्रोल पम्प छेउबाट ट्याङ्ग्रा खोलाको बाढी बस्ती पसेको छ। बाढी र डुबानका कारण घरबाहिर निस्कनसमेत नसकिएको इटहरीका स्थानीय राजकुमार आचार्यले बताए। तत्काल बाढी नियन्त्रणको माग उनले गरेका छन्। बाढीले इटहरी–१२ स्थित खनार क्षेत्र पनि प्रभावित बनेको छ।  इटहरी–४, ५, ९, १० र १२ नम्बर वडामा बाढीले सबैभन्दा धेरै क्षति गरेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताए। उनका अनुसार इटहरीमा २ सय घर डुबानमा परेका छन्। मानवीय क्षति भने नभएको खड्काको भनाइ छ। इटहरीका मेयर हेमकर्ण पौडेलले बाढी पीडितलाई सुरक्षित स्थानतर्फ सार्न पहल भइरहेको बताए। २० वटै वडाका जनप्रतिनिधि नागरिकको सुरक्षाका लागि परिचालित भएको मेयर पौडेलको भनाइ छ।
बस्तीमा पसेको ट्यांग्रा खोला नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी परिचालन गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। उनले वर्षात् नरोकिएकाले घरबाहिर ननिस्कन र सावधानी अपनाउन तथा सुरक्षित रहन आग्रह गरेका छन्। बाढीले पुर्‍याउने जनधनको क्षति न्यूनीकण र उद्धारका लागि सुरक्षा टोली परिचालन गरिएको यादवको भनाइ छ। झापामा ११ सयभन्दा बढी घरपरिवार प्रभावित बनेका छन्। वर्षापछि २ सय ७७ परिवार विस्थापित भएको झापा प्रहरीले जनाएको छ। मेची, रतुवा, मावा, कमल, कन्काईलगायत नदीमा पानीको वहाव उच्च हुँदै गएकाले विस्थापितको संख्या अझै बढ्ने प्रहरीको अनुमान छ। विस्थापितलाई नजिकको विद्यालय र आफन्तको घरमा राखिएको झापाका प्रहरी प्रमुख एससी विश्वमणि पोखरेलले बताए। प्राथमिक स्वास्थ्य केन्द्र शिवगञ्जमा तीन फिट पानी जमेको छ। औषधिमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ।यो समाचार अन्नपूर्ण पोस्टबाट साभार गरिएको हो ।

Facebook Comments Box
TOP
Shares