

बेँसीशहर–चामे सडक पुनःसञ्चालन
बाढी पहिराले अवरुद्ध बनाएको हिमाली जिल्ला मनाङ र पहाडी जिल्ला लमजुङ जोड्ने एक मात्र बेँसीशहर–चामे सडक पुनः सञ्चालन भएको छ । अविरल वर्षासँगै आएको बाढीपहिरोले बुधबार बिहानैबाट अवरुद्ध बनेको यस खण्डको पहिरो हटाएसँगै आज साँझ ७ बजेदेखि पुनः सञ्लालन भएको डुम्रे बेँसीशहर चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इञ्जिनीयर पुरुषोत्तम अधिकारीले बताए यस सडकखण्डको विभिन्न भागमा गएकोमध्ये हटाउन बाँकी मर्स्याङ्दी गाउँपालिका–४ श्रीचौर जगतको पहिरो हटाउन सफल भएसँगै सवारी साधन सञ्चालनमा आएको उनको भनाइ छ । सडक माथिबाट ठूला ठूला ढुङ्गामाटासहितको पहिरो खस्दा दुई ठाउँमा अवरुद्ध हुनुका साथै सडक भत्किएको थियो । मर्स्याङ्दी गाउँपालिका–३ खुदी नजिकै ठूला ढुङ्गा माटासहितको पहिराले सडक अवरुद्ध बनाएको थियो । सो स्थानमा करिब ३५ मिटर सडक अवरुद्ध बनाए पनि सहज रुपमा पहिरो हटाइएको थियो ।रासस
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१६ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



