

मेलम्चीमा भारी बर्षा, उच्च सतर्कता अपनाउनअनुरोध
काठमाडौं। सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटे लगायत धेरै स्थानमा भारी बर्षा भएको छ । त्यसक्षेत्रमा राखिएको बाढी मापन केन्द्रले बाढीको उच्च मापन गरेसँगै अति उच्च सतर्कता अपनाउन बाढी पुर्वनुमान महाशाखाले अनुरोध गरेको छ ।
मेल्म्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह शुक्रबार साँझ भन्दा १.५ मिटरले बढेकाले मेलम्चीको तटिय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेको भन्दै महाशाखाले विहानै सूचना जारी गरेको छ ।
सामाजिक सञ्जाल र मोवाइलमा एसएमएसबाट सूचना जारी गर्दै विहान १० बजे सम्म अति उच्च सतर्कता अपनाउन भनेको छ । साता देखि लगातार परेको पानी शुक्रबार दिउँसो सामान्य रोकिएपनि पुनःरातीबाट निरन्तर पर्दै आएको छ । अझै पनि देशभर केही दिन बर्षा नरोकिने मौसम पुर्वनुमान महाशाखाले जनाएको छ ।
यता निरन्तरको बर्षाले कोशी नदी अन्तर्गत भोजपुर र झापाको सनिश्चरेमा पानीको सतह बढ्दा सतर्कता तह पार गरेको छ ।यो समाचार गोरखापत्र दैनिकबाट साभार गरिएको हो ।
समाज
थप सामाग्री-
रास्वपाको प्रथम महाधिवेशन आज चितवनमा, नेतृत्वदेखि संगठनसम्म नयाँ दिशा तय गर्ने तयारी
-
रवि लामिछाने र रास्वपालाई गगन थापाद्वारा महाधिवेशनको शुभकामना
-
बाजुराको रिठा बजार नजिक बस दुर्घटना, २१ जना घाइते
-
रास्वपाको महाधिवेशनस्थल पुगे आईजीपी कार्की, सुरक्षा व्यवस्थाको स्थलगत अनुगमन
-
आज असार ७ गते आइतबार, यस्तो छ तपाईंको राशिफल
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
१६ घण्टा अगाडि
1.4kViews 435 Shares Share on Facebook Share on Twitter ललितपुर, असार ६ — उपत्यकाको सबैभन्दा प्राचीन तथा सांस्कृतिक रूपमा महत्वपूर्ण…



