

कोरोना संक्रमितको संख्या हृवात्तै बढ्यो
काठमाडौँ ।कोभिङ-१९ ले पुनः महामारीको रूप लिने त हैन भनी जनमानसमा चासो बढ्न थालेको छ। हरेक दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गर्दै आएको रिपोर्टमा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि हुँदै गर्दा सर्वसाधारणमा चासो बढ्नु स्वाभाविके हो।
बिहीबार सार्वजनिक गरेको २४ घण्टाको रिपोर्टको तथ्यांकअनुसार २ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार दैनिक भै दिउँसो सार्वजनिक गरेको रिपोर्टमा ३ हजार ८ सय ४ जनाको नमुना परीक्षण गरिएकोमार सय ६० जनामा संक्रमण पुष्टि भएको छ।
दुई अंकमा भरेको कुल संक्रमितको संख्या बढेर चार अंक अर्थात् १ हजार १ सय ७१ पुगेको छ। पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमितमध्ये २३ जना अस्पतालमा उपचार गराइरहेका छन् भने १ हजार १ सय ४८ जना होम आइसोलेसनमा छन्।अस्पतालमा रहेकामध्ये १४ जना सघन उपचार कक्ष (आईसीयू) मा उपचार गराइरहेका छन्। आइसीयमा रहेकामध्ये एक जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
७ घण्टा अगाडि
1.9kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



