

कान्ति अस्पतालमा एक्स-रेकै रिल छैन विरामीको उपचारमा यत्रो लापरवाही ?
काठमाडौं साउन १ । देशकै जेठो, प्रतिष्ठित, विश्वसनिय सरकारी बाल अस्पताल कान्तिमा यतीबेला उपचार प्रक्रियामा हरिविजोग देखिन्छ ।
उपचार परिक्षणका लागि अत्यन्तै महंगा र उच्च प्रविधि भएर पनि कान्ति बाल अस्पताल यतीबेला ‘मगन्ते’ जस्तो अवस्थामा आफ्नो जिम्मेवारी धानीरहेको छ ।
अरु के कुरा गर्नु कान्ति अस्पतालमा विरामीको एक्स-रे गरिसकेपछि प्रिन्ट गर्ने रिलसम्म छैन । त्यहाँ एक्स-रे गर्नु पर्ने विरामीको एक्स-रे रिल सम्वन्धित विरामीकै आफ्न्तको मोवाइलमा खिच्न लगाइन्छ । योभन्दा हरिविजोग केलाई मान्न सकिन्छ ?
शनिबार अपराह्न नयाँ बानेश्वरकी रक्षा पोखरेल आफ्नो दुई वर्षे बिरामी नानीलाई लिएर कान्ति बाल अस्पताल पुगिन् । इमरजेन्सीमा बच्चाको उपचार प्रक्रिया सुरु भयो । सुरुवाती चरणमै एक्स-रे गर्नु पर्ने डाक्टरको निर्देशन बमोजिम रक्षा एक्स-रे कक्षमा पुगिन् । बच्चाको एक्स-रे भइसकेपछि त्यहाँका प्राविधिक स्वास्थ्यकर्मीले मोवाइलबाट कम्प्यूटरमा एक्स-रेको दृ्रश्य खिच्न लगाए ।
रक्षाले सोधिन- ‘किन ?’ प्राविधिकको जवाफ थियो, ‘रिल सकिएको छ । मोवाइलमै देखाए पनि हुन्छ । डाक्टरसा’पलाई थाहा छ ।’
सुन्दै अचम्म ! राजधानीमा, त्यो पनि सरकारी, अनी पूरानो र सबैभन्दा सुविधायुक्त अस्पतालकै गति यस्तो छ भने अन्य सरकारी अस्पतालको हालत के होला ?
एक्स-रे भनेको के हो ? त्यसको रिपोर्ट कस्तो हुनु पर्छ ? त्यही एक्स-रे हेरेर चिकित्सकले विरामीको उपचार गर्ने हुन् । त्यही एक्स-रेको रिपोर्ट मोवाइलमा खिचेर देखाउनु पर्ने ? हे बाध्यता !
अस्पतालमा सामान्य एक्स-रेको रिल नहुनु कमजोरी कसको हो ? लापरवाही हो कि बाध्यता ?
शनिबारको दिन विदा भएर रिल थिएन भनौं भने सरसापटी पनि चलाउनु पथ्र्याे परिसरमै जोडीएको शिक्षण अस्पताल छ । नत्र त्यस्ता अतिआवश्यक बस्तुको अभाव हुन दिन मिल्छ ? विरामीको उपचारमा यत्रो लापरवाही ? सम्वन्धित पक्षले के हेरिबसेको होला ? तलवभत्ता लाखौंलाख खाने थुप्रै निर्देशक र उच्च तहका डाक्टर पनि छन् होला त्यहाँ !
मोवाइलबाटै चिकित्सकले एक्सरेको दृश्य हेरे । उपचार प्रक्रिया अघि बढ्यो । सरसफाई गर्दै एक सफाईकर्मी महिला इमरजेन्सी कक्षमा आईपुगिन । उनको व्यवहार देख्दा लाग्यो, यो अस्पताल होइन ‘कालखाना’ हो । किनकी विरामीको उपचारभन्दा पनि उल्टो संक्रमण गराएर कालको मुखमा पुराइन्छ त्यहाँ । इमरजेन्सीमा गम्भीर प्रकृतिका पनि विरामी ल्याइन्छ । तर, यत्रतत्र बेडमा अया र आथ्थ्यू गर्दै सुताइएका बच्चाबच्ची, कोही सलाइन पानी चढाइँदै गरेका अवस्थामा छन्, कोही विरामी बच्चाको नर्शले रगत झिक्दा दुखेर डराएर चिच्चाइरहेको अवस्था छ । कोही फत्र्याफत्र्या पर्दै उचालिँदै पछारिँदै गरेका बच्चाबच्चीलाई अभिभावकले फकाउँदै छन् । यो सबै अवस्थाको ती सफाईकर्मी महिलालाई कुनै पर्वाह नै थिएन । लाग्थ्यो उनको काम धुलो बढार्ने मात्र हो, त्यो धुलो उडेर जोसुकैको नाकमुखमा जाओस् ।
सफाईकर्मीले गरेको त्यो व्यवहार देख्दा लाग्थ्यो उनी फोहोरकर्मी हुन् । चिकित्सकलाई गुनासो गर्दा “यस्तै हो, विस्तारै गर भन्दा पनि हतारकै व्यवहार देखाउँछन् । केही भन्यो, हामीसँगै झर्कन्छन् ।”
इमरजेन्सीबाट अब्जरभेसन वार्डमा सार्दा त्यहाँ भोग्नु परेको व्यथा त झन् बिहेवारी चल्दै गरेको घरमा पाहुना गएजस्तो व्यवहार ! एउटै वेडमा तीन जनासम्म बिरामी बच्चा । अव्यवस्थि, भद्रागोल उपचार प्रक्रिया देख्दा कान्ति अस्पतालप्रति दया जाग्यो, कुन उद्देश्यले खोलीएको अस्पतालको कस्तो हविगत रहेछ ?
“लौन सञ्चारकर्मी मित्र यहाँको वेथिति सम्वन्धित निकायको आँखा अगाडी पुराइदिनुस्”, रक्षाले गुनासो गरिन् । उनको भनाइँ थियो, “त्यसैले त सरकारी अस्पताल भनेपछि कसैले पनि विश्वास गर्दैनन् ।”
समाज
थप सामाग्री-
मधेश प्रदेश प्रहरीमा सुधार अभियानको चर्चा, डीआईजी गोबिन्द थपलियाको कार्यकालको उच्च मुल्यांकन
-
मधेश प्रहरीमा सुधारको ऐतिहासिक अभियान : डिआईजी गोबिन्द थपलियाको आठ महिने कार्यकाल उदाहरणीय
-
लगनखेलबाट जावलाखेलसम्म रातो मच्छिन्द्रनाथको रथ यात्रा सम्पन्न, भोटो जात्राको तयारी सुरु
-
दर्ज्यानी चिन्हद्वारा सुशोभन कार्यक्रम सम्पन्न
-
डीआईजी ओमप्रसाद अधिकारीद्वारा मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हालियो
आज असार ४ गते बिहिबार,यस्तो छ तपाईको राशिफल
७ घण्टा अगाडि
1.8kViews 294 Shares Share on Facebook Share on Twitter मेष- अनावश्यक कार्यमा समय खर्च हुने सम्भावना छ। योजना अनुसार सफलता हात…



