

राजधानीका मेनपावरमा चन्दा आतंक, नदिए कारवाहीको धम्की, विप्लवको पार्टीले चन्दा नदिनेलाई दल्यो कालोमोसो
काठमाडौं माघ २० । देशमा राजनैतिक अस्थिरता बढिरहेका बेला विभिन्न समूहले चन्दा आतंक मच्चाउन थालेका छन् । राजधानीमा खासगरी मेनपावर व्यवसायीमाथि आर्थिक सहयोगका नाममा पत्र थपाउने गरीएको छ भने अन्य व्यवसायीलाई पनि पत्र थमाइएको स्रोतले जानकारी दिएको छ । 
पछिल्लो समय क्रान्तिका नाममा संघर्ष गर्दै आएको भनिएको नेकपा माओवादी (विप्लव) समूहले मागेजती चन्दा नदिनेमाथि कालोमोसो दल्ने अभियान थालेको छ । यसैक्रममा कैलाली स्थित पचमुडीयाका सव डिभिजन बन कार्यालयका अधिकृत विश्वराज पण्डितमाथि विप्लवका कार्यकर्ताले कालोमोसो दलेका छन् । केही दिन अगाडि मात्र बझाङको वित्थडचिर गाउँपालिका–८ का वडाध्यक्ष जयबहादुर मल्ल र सचिव दत्तराम अवस्थीलाई पनि विप्लवका कार्यकर्ताले दुव्र्यवहार गरेका थिए।
यसैक्रममा युवा संगठन नेपालको नाममा अध्यक्ष पाटन जंगलीले राजधानीका एक मेनपावर व्यवसायीलाई आर्थिक सहयोग उपलब्ध गराइदिन भन्दै लेखेको पत्रमा एमसीसीको विरोध गर्दै नेपाललाई युद्दको क्रिडास्थल बनाउन खोजीएको उल्लेख छ । 
त्यस्तै, राजधानीकै अर्काे एक मेनपावर कम्पनीमा पनि त्यस्तै आर्थिक सहयोग माग गरिएको पत्र पठाइएको छ । बैज्ञानिक समाजवादी कम्यूनिष्ट पार्टी नेपालका संयोजक भनिने क आहुतीका नाममा जारी आर्थिक सहयोग माग बारेको पत्रमा आफ्नो पार्टीको प्रथम राष्ट्र्यि भेला गर्नका लागि आर्थिक सहयोग गर्न भनिएको छ । आर्थिक सहयोगको पत्र लिएर जाने समूहले मोटो रकम माग्दै अन्यथा कारवाही भोग्न तयार रहन धम्की दिएको बताइएको छ ।
समाज
थप सामाग्री-
जावलाखेलमा ऐतिहासिक भोटो जात्रा भव्य रूपमा सम्पन्न, रातो मच्छिन्द्रनाथ जात्राको औपचारिक समापन
-
धनगढीमा ४४४ प्रहरीको काज सरुवा बदर, अस्वाभाविक निर्णयमाथि छानबिन हुने
-
क्षतिग्रस्त भवन पुनर्निर्माणमा सहयोग गर्ने दातालाई सम्मान
-
जबर्जस्ती करणी आरोपमा सुशील केसी पक्राउ, अनुसन्धान जारी
-
जावलाखेलमा आज रातो मच्छिन्द्रनाथको भोटो जात्रा सम्पन्न हुँदै
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धी तालिम शुरु
११ घण्टा अगाडि
2.2kViews 305 Shares Share on Facebook Share on Twitter नेपालगन्ज / क्रियाशिल पत्रकार महिलाहरुकालागि तिन दिने क्षमता अभिबृद्धी तालिम नेपालगन्जमा…



